बाँके ट्राफिक प्रमुख शाह साईकल यात्रुको सुरक्षाका लागि रातीमा टल्किने स्टिकर टाँस्दै

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले मंगलबार मदन चोक चिसापानी चोक लगायतको स्थानहरुमा साइकल अटो,ट्याक्टर, मोटरसाइकल, स्कुटी लगायतको सवारी साधनहरुमा रातिमा टल्कने स्टिकर लगाउनुको साथै विभिन्न चोकहरुमा ट्राफिक चिन्ह टल्कने स्टिकर लगाएको हो […]

जाडोमा संचार कर्मीद्वारा निम्न वर्गका व्यक्तिलाई ज्याकेट उपहार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाबाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि.ले कृष्णनगरमा आज गरिब असहायलाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ । कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको हो । दिन प्रतिदिन जाडो बढ्दै गएकाले गरिब,असहा तथा एकल […]

नेपाल मगर संघ घोराही कमिटीले मेयर चौधरीलाई माघी कार्यक्रममा सगुन सहित गर्‍यो निमन्त्रणा

दाङ । नेपाल मगर संघ घोराही नगर कमिटीले घोराही उपमहानगरपालिका प्रमुख (मेयर)नरुलाल चौधरीलाई माघी कार्यक्रमको प्रमुख अतिथिमा उपस्थितिका लागि सगुन सहित सोमबार कार्यकक्षमा पुगेर निमन्त्रणा गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघ घोराही उपमहानगर कार्य समितिको आयेाजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित लालिगुराँस टोलमा यहीँ माघ २ गते हुन […]

लमही नगरपालिकाको बिवाद सकियो,आन्दोलन फिर्ता,अवैधानिक भन्दै ५ नियुक्ति बर्खास्त

दाङ । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष हरु र कर्मचारी हरुले प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्विकार गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका थिए । प्रशासकीय अधिकृतमा […]

नागरिकको जीउधनको सुरक्षा अपराध रोकथाम नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

दाङ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो ।निर्देशनको क्रममा उहाँले नागरिकको जीउधनको सुरक्षा,अपराध रोकथाम तथा नियन्त्रण,प्रहरी आचरण र ब्यवहारमा सुधार,प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी,नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी […]

कृष्णनगरपालिकाको नवौं नगर सभा सम्पन्न,शिक्षा,स्वास्थ्य पहिलो प्राथमिकता

कपिलवस्तु । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ । नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम,स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार,बस पार्क […]

लियो क्लबको आयोजनामा देवदह म्याराथन प्रतियोगिता हुने

रुपन्देही । लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्याराथन प्रतियिगिता आयोजना गर्ने भएको छ। देवदह ५ स्थित ओस्टिल क्याफेमा आज पत्रकार सम्मेलनको आयोजना गरि यहि आउदो माघ १४ गते देवदह म्याराथनको छैठौं संस्करण “देवदह म्याराथन २०७९” आयोजना गर्ने जानकारी गराएको हो। देवदहमा भएका धार्मिक तथा पुरातात्वित्क महत्व बोकेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारसगै युवाहरूलाई खेलकुद […]

काङ्ग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारले रोक्का गरेका जग्गाहरु फुकुवाको माग

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको राजधानी अन्तरगतका रोक्का जग्गाहरु फुकुवाको माग गरेको छ । नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जग्गा फुकुवाको माग गरेका हुन् । प्रदेश सरकारले दाङको देउखुरी र अर्घाखाँचीलाई समेटेर स्थाई राजधानी घोषणा गरेको हो । प्रदेश सरकारले राजधानी क्षेत्र अन्तरगत पर्ने […]

गायक तथा संगीतकार यादब नाथ योगीको ‘हम्रे थारु हुई’ सार्बजनिक

दाङ । गायक तथा सँगितकार यादब नाथ योगीको माघीको अबसरमा ‘हम्रे थारु हुई’ म्युजिक भिडियो सार्बजनिक भएको छ । थारुहरुको सँस्कृती जोगाउँदै राष्ट्रियभाव बोकेके भिडियो निर्माण भएको छ । थारुहरुको महान पर्ब माघे संक्रान्तीको अबसरमा शुभकामना सहित भिडियो सार्बजनिक गरिएको गायक तथा सँगितकार यादबनाथ योगीले बताए । उनले स्थानिय थारु कलाकार हरुलाई प्रोत्साहन तथा स्थानका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]