अजय मिश्रा/कपिलवस्तु सोमबार, पौष २५, २०७९

कपिलवस्तु । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ ।

नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम,स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार,बस पार्क व्यवस्थापन लगायतक्षसार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना,सबै प्रकारका कर,दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप याेजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएकाे थियाे ।

नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयां खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयने । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयाे ।

त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसीर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ । चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयाे ।

यस्तै नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुकाे प्रगति विवरण प्रस्तुत गराउंदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका याेजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयाे । सभामा पदाधिकारी,शाखा प्रमुख, कर्मचारी,संचारकर्मी लगायतकाे उपस्थितमा सर्वसम्मतले सम्पन्न भएकाे संचालक इश्वरी पाैडेलले जानकारी दिनुभएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]