
Gfs
sbs
Srbpu
Ggp
cjs
Djs
pku
Rgp
Pbu
Pes
Sgr
Unsku
Lnp
Rgp1
कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगरदेखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट […]
दाङ । देउखुरीको लमहीमा अत्याधुनिक सुविधा सम्पन्न सहित सिद्धार्थ होटल ग्रिन संचालनमा आएको छ । लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा लमही नगरविकास समितिको साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको जग्गामा वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरि संचालनमा आएको हो ।होटलले बिहिबार आफ्नै सभा हलमा होटल संचालन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा पत्रकार […]
दाङ । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – ३ मा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सृजनशील महिला समूह गढवा – ६ को आयोजनामा एक महिने ढकिया बुनाई तालिम सञ्चालन भएको थियो। एक महिने ढकिया बुनाई तालिमको बिहीबार एक कार्यक्रमको बिच समापन गरिएको छ […]
दाङ । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् । त्यस्तै केसीले पाँच वर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन् । […]
दाङ । गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।प्रतियोगिता तिन दिनसम्म […]
कपिलवस्तु । कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट एक शिक्षक घाइते भएका छन । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन । तलब लेनदेनको विषयमा उक्त घटना भएको प्रहरीले जनाएको छ । उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको […]
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका […]
काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए […]
दाङ । फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जल गढवाले मंगलवार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई घोषणापत्र हस्तान्तरण गरेको छ । मंगलवार गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई खाद्द अधिकारका सवालमा पारित भएको धनगढी घोषणा पत्र हस्तान्तरण गरेको छ । खाद्य अधिकार अभियन्ताको राष्ट्रिय भेलाबाट पारित धनगढी घोषणापत्र ४३ जना संघ संस्थाकाहरुका प्रमुखहरु द्वारा हस्ताक्षर […]