
Unsku
Rgp
Rgp1
pku
Ggp
Gfs
Lnp
Djs
sbs
Srbpu
Pes
Pbu
cjs
Sgr

Pvg
Tsm
Ksm
Rgs
Hal
Rgu
Sbs
Rsb
Vor
Asm
Gst
nsb
Bbu
Ggd
Ssm
Rgu
Wsp
Sls
Bbbpu

Rmb
Abd
Pls
Gsb
sab
Rpp
Jmb
Bml
bbt
Syp
Ptm
Jmb
Mks
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले मंगलबार मदन चोक चिसापानी चोक लगायतको स्थानहरुमा साइकल अटो,ट्याक्टर, मोटरसाइकल, स्कुटी लगायतको सवारी साधनहरुमा रातिमा टल्कने स्टिकर लगाउनुको साथै विभिन्न चोकहरुमा ट्राफिक चिन्ह टल्कने स्टिकर लगाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले सम्पूर्ण सवारी साधन र विशेष गरि साइकल चलाउदा ध्यानदिनु पर्ने बताउनु भयो । बजार क्षेत्रमा विभिन्न उद्देश्यसंगै कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य सवारिसाधनहरूमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
त्यस्तै सडकमा बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियानलाई निरन्तरता दिइएको र बाँकेमा चिसो र हुस्सुले केही पनि नदेख्ने भए पछि ट्राफिक प्रहरीले यो अभियान चालेको हो । अब यस्तो अभियान बाँके जिल्लाभर गर्ने बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनु भयो ।
