टेकबहादुर पुन/जिल्ला ब्युरो मंगलबार, पुष २६, २०७९

दाङ । केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको बिबाद साम्य भएको छ । बिवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्ष हरु र कर्मचारी हरुले प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्विकार गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका थिए ।

प्रशासकीय अधिकृतमा डाँगी नै हुनेगरी सोमबार त्रिपक्षिय सम्झौता अनुसार वडाध्यक्ष र कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । मन्त्रालयले तत्काललाई अर्को प्रशासकीय अधिकृत पठाउन नसकिने बताएपछी बहालमा रहेका डाँगीबाटै काम गराउन सहज वातावरण निर्माण गरिएको लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले बताए ।

उनले अधिकृत बेगर जनताका कामहरु रोकिएको र त्यसलाई निराकरण गर्न डाँगीलाई नै स्विकारीएको जनाए । ‘जनताका कामहरु रोकिए, धमाधम हुनुपर्ने योजनाका कामहरु सुचारु हुन सकेन प्रबक्ता गिरीले भने-नगरपालिका सहज तबरबाट चलाउन हाकिम त चाहियो नि ।’ कि मन्त्रालयको अनुसार अर्को हाकिम कुर्न सक्नुपर्यो त्यसो गर्दा नगरपालिका झन लथालिङ्ग हुनेभयो, बाध्यात्मक प्रस्थितीबाट पालिकालाई जोगाउन खोजिएको हो गिरीले भने ।

त्रिपक्षिय छलफल र सहमती भएपछी आफ्ना आन्दोलनहरु फिर्ता भएको लमही नगरका प्रशासनिक प्रमुख महेश थापा ठेडीले बताए । ‘हाकिम साबले आफुमा भएका ज्यादतीहरु अन्त्य गर्दै आत्मियताका साथ काम गर्ने र गराउने छु भनी सम्झौता गर्नुभयो प्रमुख थापाले भने-पालिकालाई समृद्ध बनाउन हाम्रोपनि भुमिका रहन्छ नि ।’

सहमती पश्चात् तत्काल बसेको कार्यपालिका बैठकले अधिकृत डाँगीलाई निरन्तरता दिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।साथै अबैधानिक भन्दै ५ वटा नियुक्तीलाई बदर समेत गरेको छ । बैठकले राजनिती सल्लाहकार, शैक्षिक सल्लाहकार, प्रेस सँयोजक, प्रेस सल्लाहकार र स्वकीय सचिब पदलाई बरखास्त गरेको वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]