
Unsku
Ggp
Sgr
Rgp1
Lnp
Pbu
Rgp
pku
Srbpu

Ssm
Bbu
Tsm
Hal
Sls
Rsb
nsb
Sbs
Asm
Rgu
Ggd
Wsp
Gst
Ksm
Rgs
Bbbpu
Rgu
Pvg
Vor

Jmb
Ptm
Rmb
sab
Pls
Jmb
Rpp
Abd
bbt
Gsb
Syp
Bml
Mks
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको राजधानी अन्तरगतका रोक्का जग्गाहरु फुकुवाको माग गरेको छ ।
नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जग्गा फुकुवाको माग गरेका हुन् । प्रदेश सरकारले दाङको देउखुरी र अर्घाखाँचीलाई समेटेर स्थाई राजधानी घोषणा गरेको हो । प्रदेश सरकारले राजधानी क्षेत्र अन्तरगत पर्ने जग्गाहरु रोक्का गरेर लामो समयदेखी फुकुवा गर्न सकेको छैन । जग्गा फुकुवा नगर्दा नागरिकहरुको जिवनयापनमा पर्न गएको असरप्रती नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले चासो दिएको छ ।
प्रदेश सरकारले शितगंगा नगरपालिकाको ८, ९ वडा, राप्ती गाउँपालिकाको ९ वटा वडा, गढवाको १, २ र ३ वडा गरी १४ वटा वडाको जग्गा रोक्का गरेको थियो । तर जग्गा फुकुवा नहुदा नागरिकहरूको दैनिकी जिवनयापनमा समस्या भएकोमा नागरिक चिन्तित छन । प्रदेश सरकारले व्यवहारिक निकास दिन नसक्नु अत्यन्त अव्यवहारिक, अर्कमण्य कार्य शैली रहेको बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै रोक्का जग्गाहरु छिटो फुकुवा गरी दैनिक जीवन र व्यवसायिक सहजताका लागि मार्ग प्रसस्त गर्न विज्ञप्ती मार्फत लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण समेत गराईएको छ । वस्तुगत अवस्थाको गम्भीरतालाई बुझ्नु र निकास खोज्नुको साटो पदीय जिम्मेवारीमा रहेकाहरुबाट सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण र भ्रामक तरिकाले दोषारोपण गर्न खोज्ने अराजनैतिक क्रियाकलाप र प्रस्तुती दुर्भाग्यपूर्ण र खेदजनक रहेको ठहर गर्दै यथाशिघ्र जग्गा फुकुवाको प्रक्रियाले ठोसरुपमा सार्थकता नपाएमा आउँदो महिना देखि दबाव मूलक विभिन्न चरणका आन्दोलनहरु गर्न बाध्य हुने र त्यसको नैतिक जिम्मेवारी सरोकारवाला लुम्बिनी प्रदेश सरकारले लिनुपर्ने जारी विज्ञप्तीमा उल्लेख छ । हेर्नुस् प्रेस विज्ञप्ति 
