
cjs
Pes
Rgp1
Pbu
Rgp
Srbpu
Lnp
pku
Unsku
sbs
Djs
Gfs
Sgr
Ggp

Rgu
Ggd
Sbs
Asm
Ssm
Gst
Sls
Rsb
nsb
Vor
Bbbpu
Tsm
Hal
Bbu
Rgs
Ksm
Pvg
Rgu
Wsp

Syp
bbt
Bml
Rpp
sab
Jmb
Mks
Abd
Pls
Jmb
Rmb
Gsb
Ptm
दाङ । नेपाल मगर संघ घोराही नगर कमिटीले घोराही उपमहानगरपालिका प्रमुख (मेयर)नरुलाल चौधरीलाई माघी कार्यक्रमको प्रमुख अतिथिमा उपस्थितिका लागि सगुन सहित सोमबार कार्यकक्षमा पुगेर निमन्त्रणा गरेको छ ।
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघ घोराही उपमहानगर कार्य समितिको आयेाजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित लालिगुराँस टोलमा यहीँ माघ २ गते हुन गइरहेको मगरहरुको महान चाड माघे सक्रान्ती विशेष कार्यक्रममा प्रमुख अतिथिको लागि पुर्व सगुन सहित प्रमुख (मेयर) चौधरीलाई निमन्त्रणा गरिएको हो ।
नेपाल मगर संघ घोराही उपमहानगरपालिका कार्यसमितिका अध्यक्ष बेदबहादुर बुढा मगरको संयोजक्तवमा दाङ जिल्ला समन्वय समितिका उपाध्यक्ष तथा घोराही नगर इन्चार्ज प्रेम बुढा मगर, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा कमिटी अध्यक्ष भानसिं बुढा मगर लगायत नगर कमिटीको पदाधिकारी सहितको टोली निमन्त्रणा कार्यक्रममा पुग्नु भएको थियो ।
त्यस्तै उक्त माघी सक्रान्ती कार्यक्रममा मगर संस्कृति तथा संस्कारहरुको खानपिन र सास्कृतिक कार्यक्रम हुने घोराही नगर कार्यसमितिका अध्यक्ष बेदबहादुर बुढा मगरले जानकारी दिनु भयो । यस्तै उहाँले सो कार्यक्रममा नगरका सम्पूर्ण मगर तथा गैरमगरलाई सहभागी भएर कार्यक्रमको शोभाव बढाइदिन अनुरोध गर्नु भएको छ ।
