राप्ती गापा-८कोहलवामा चार कोठे ट्रस्ट भवनको शिलान्यास

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ।भवन वडाकाे करिब सात लाख पचास हजार रुपैयाँको लागतमा निर्माण हुन लागेकाे हाे।उक्त भवन शिलान्यास पछि बाेल्दै अध्यक्ष विष्टले यस क्षेत्र पर्यटकहरूकाे आकर्षक गन्तव्यकाे केन्द्र […]

आयुर्वेद पूर्विय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति हो : राष्ट्रपति विद्यादेवी भण्डारी

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताउनु भएको छ ।बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद,योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक […]

राजपुरमा नि:शुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा नि:शुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको सहकार्य एवं समन्वयमा संचालन भएको उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्रीरोग,टिभी-छाला रोग,एचआईभी,दन्त लगायतको सेवाद्वारा १ सय ८१ […]

दाङमा नेपालकै प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण

दाङ । नेपालकै प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृति तथा पुर्णकदको शालिक मंगलबार घोराहीको लखन पार्कमा अनावरण भएको छ ।नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा निर्माण गरिएको उक्त शालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अनावरण गर्नु भएको हो । शालिक अनावरण कार्यक्रममा शुभकामना दिदै मुख्यमन्त्री गिरीले नेपालका प्रथम सहिद लखन […]

भालुबाङमा नि:शुल्क रक्तदान शिविर सम्पन्न

दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्मा आयोजित बृहत निःशुल्क (रक्त दान शिविर) कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र प्रस्तावित भालुबाङ अस्पतालको सहयोग तथा स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखरी दाङ आयोजना एवं राप्ती गाउँपालिकाको समन्वयमा आयोजित उक्त नि:शुल्क रक्तदान शिविर कार्यक्रम मंगलबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा सम्पन्न भएको हो ।“रक्तदान […]

गढवा गापाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान

दाङ । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ।फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, प्रशासन शाखा […]

डिआईजी राईको निर्देशनपछि दाङमा बन्यो स्कुटर चोरी प्रकरण छानबिन समिति

दाङ । स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ ।उक्त विषयमा समाचार प्रकाशन भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजि टेकप्रसाद राईले घटनाबारे ध्यानाकर्षण भइसकेको भन्दै घटनाबारे यथार्थ छानबिन गर्न आफुले निर्देशन दिइसकेको बताउनु भयो । घोराहीको मुख्य […]

गुल्मीको मैनडाँडा माविका २ सय ६० जना विद्यार्थीको आँखा जाँच

गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाको वडानम्बर ३ मा रहेको मैनडाँडा माध्यमिक विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको छ । विद्यालयको ६२ औं वार्षिकउत्सवको अबसरमा पूर्व विद्यार्थी मञ्चले विद्यार्थीको आँखा जाँच गर्ने व्यवस्था मिलाएको थियो । आँखा जाँचका लागि नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राबिधिक सहयोग रहेको थियो । विद्यालयमा अध्ययनरत २ […]

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीद्वारा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले साेमबार २८ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।२८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेकाे शहिद कृष्णसेन इच्छुककाे शालिकमा माल्यणपर्ण गरि वडा नम्बर ३ खुरुरियामा रहेको स्वास्थ्य इकाई भवन परिसरमा आँप,अम्बा,कागती ,गुलमण,अमला लगायतका विभिन्न ३५ भन्दा बढी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]