
Gisld
Pbu
Anm
Gmk
Mbdvs
Sds
Rbs
Ksm
gst
mbd

Wsp
Rsb
Ggd
Rgu
Ksm
Sbs
nsb
Hal
Rgu
Vor
Bbbpu
Bbu
Ssm
Pvg
Asm
Tsm
Gst
Sls
Rgs

Abd
sab
Jmb
Bml
Mks
Rpp
Jmb
bbt
Pls
Rmb
Ptm
Syp
Gsb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्नेछांै । यही अभियानमा सरकारका योजना निर्माण गरिरहेका छौं । प्रदेशबासीलाई सुन्दर र नमुना राजधानी शहर हस्तान्तरण गर्नेछौं ।’ ‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।
‘मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ । हामी आगामी पाँच वर्षभित्र पूर्वाधार सम्पन्न र जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौं’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौं ।’ प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेशको समृद्धिका आधारको खोजी गर्दै सरकार अगाडि बढ्नेछ । कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने छौं ।’ पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने बताउँदै मुख्यमन्त्री गिरीले जनताको जीवतस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘समृद्धिसँग पूर्वाधार विकासलाई मात्र जोड्ने गरिन्छ । पूर्वाधारको विकास हुँदैमा मुलुक समृद्ध बन्दैन । जनताको जीवनस्तरमा सुधार नआउँदासम्म समृद्धिको अर्थ रहँदैन भन्ने विषयलाई आत्मसात गर्दै सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने विषयलाई पनि सँगसँगै अगाडि बढाउँछ ।’संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँचवर्ष उपलब्धीमुलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामाकरण टुंगो लगाएका छौं । संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीब्ररुपमा अगाडि बढाउँछौं ।’
उक्त अवसरमा बोल्दै प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सम्पूर्ण काम राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट सुरु गर्ने बताउनुभयो । पूर्वाधारको अभावमा सरकारका सम्पूर्ण संरचना राजधानी स्थलमा स्थानान्तरण हुन नसकेको बताउँदै मन्त्री आचार्यले पूर्वाधार व्यवस्थापनको कार्य अगाडि बढेको बताउनुभयो । ‘राजधानीको निर्णय कार्यान्वयनको चरणमा सरकार लागिपरेको छ । पूर्वाधारको अभाव झेल्दै हामी अगाडि बढेका छौं’, मन्त्री आचार्यले भन्नुभयो, ‘पूर्वाधारको अभावले गर्दा सरकारका सबै कामकारबाही राजधानी स्थलबाट सञ्चालन गर्न सकिरहेका छैनौं । अबको एक महिनाभित्र सरकारका सबै सेवा राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाटै सुरु गर्नेगरी सरकार लागिपरेको छ ।’
स्थापना दिवसमा ६१ जना विभूषित प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ ।
प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव,जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्याएको भन्दै विभूषित गरिएको हो । थापा घाइते समेत हुनुहुन्छ ।
त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।
यस्तै प्रदेश सेवा समर्पण पदकबाट डाक्टर विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई प्रदान गरिएको छ । त्यस्तै उजीरसिंह दीप पदकबाट डिएसपी मुकुन्दप्रसाद रिजाल, प्रहरी निरिक्षक रञ्जु केसी, हृदेशकुमार सापकोटा, नविन चुदाली, दामोदर मल्ल, मदन गैरे, सुरेन्द्र केसी, मोहन विष्टलाई प्रदान गरिएको छ । समाजसेवा श्रीपदकबाट डाक्टर किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्धिकी, मेघराज कक्षपती, खेम पुन (मरणोपरान्त) विभूषित गरिएको छ ।
त्यस्तै प्रदेश रत्नपदकबाट कृष्णराज सर्वहारी, नारायण खड्का, भुपाल पोख्रेल, भिमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरीराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी (मरणेपरान्त), पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्दर्भ, मनोज पौडेल, टीकाराम अर्याल, शिवु खनाललाई विभूषित गरिएको छ । त्यस्तै प्रदेश प्रज्ञा पदकबाट डाक्टर इन्द्रबहादुर भण्डारी, प्रा.डा. लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई विभूषित गरिएको छ । प्रजापती गौतमी पदकबाट औशी विक, राधा घिमिरे (मरणेपरान्त), मिना शर्मालाई विभूषित गरिएको छ । दङ्गीशरण बलिहाङ्ग पदकबाट चन्द्रीका यादव (मरणोपरान्त), लल्लुराम था, गोवद्र्धन थापा, मनोज पौडेल, दुर्गेश यादव (मरणोपरान्त) विभूषित गरिएको छ ।
