
Sds
Gisld
Mbdvs
Ksm
Gmk
Anm
Rbs
gst
mbd
Pbu

Rgu
Pvg
nsb
Ssm
Vor
Bbu
Gst
Ggd
Rgs
Rgu
Sls
Wsp
Bbbpu
Sbs
Tsm
Rsb
Ksm
Hal
Asm

Abd
sab
Gsb
Bml
Rmb
Ptm
Jmb
Pls
Rpp
Syp
Jmb
bbt
Mks
दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताउनु भएको छ ।
बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद,योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक पद्धतिलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस विश्व विद्यायलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै उहाँले कोरोना महामारी पछि विश्वमा नै प्राकृतिक जिवनशैली एवम् आयुर्वेद प्रतिको विश्वास र आर्कषणमा अझै वृद्धि भएको बताउनु भएको छ । ‘संस्कृत भाषा र साहित्यमा मानिस भित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ, यसबाट जीवन र गजतलाई हेर्ने, विश्लेषण गर्ने,त्यसप्रतिको धारणा निमार्ण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको छु’-उहाँले भन्नू भयो ।
यस्तै उहाँले संस्कृतसंग केही व्यक्तिगत, भावनात्मक सम्बन्ध रहेको बताउदै जननेता मदन भण्डारी स्वयम् संस्कृत क्षेत्रको उत्पादन भएको स्मरण गर्नु भयो । साथै नेपाली सभ्यताबाट सिजृना भएको ज्ञानलाई अझै विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यस विश्व विद्यालयले ठूलो योगदान पुर्याउने बताउनु भयो ।
त्यस्तै उहाँले प्राचीन र मध्यकालिन समाजका विविध विषयमा जानकारी दिने हजारौं गहन र दुर्लभ ग्रन्थहरु संस्कृत भाषामा लेखिएको भन्दै संसार भरका अन्वेषकका लागि यी ग्रन्थहरु ज्यादै उपयोगी रहेको उहाँले बताउनु भयो ।हिन्दु मात्रै हैन बौद्ध र जैन साहित्यका प्रस्शत ग्रन्थहरु पनि संस्कृत भाषामा छन् । संस्कृत भाषा र यसको साहित्यका माध्यमले हाम्रा पूर्खाहरुले अमूल्य चिन्तन विवेक रचनात्मक सिजृना र वैचारिक प्रज्ञाको अभिवेदना रहेकोे बताउनु भयो ।
