
Rgp
Sgr
Rgp1
Ggp
Srbpu
pku
Pbu
Lnp
Unsku

Ssm
Rgu
Gst
Asm
Hal
Sbs
Rgs
Ksm
Bbu
Ggd
Tsm
Vor
Sls
Wsp
Bbbpu
nsb
Pvg
Rsb
Rgu

Jmb
Bml
Ptm
Rmb
Mks
Abd
Gsb
Rpp
Jmb
Pls
Syp
bbt
sab
दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले साेमबार २८ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।
२८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेकाे शहिद कृष्णसेन इच्छुककाे शालिकमा माल्यणपर्ण गरि वडा नम्बर ३ खुरुरियामा रहेको स्वास्थ्य इकाई भवन परिसरमा आँप,अम्बा,कागती ,गुलमण,अमला लगायतका विभिन्न ३५ भन्दा बढी फलफुलका विरुवाहरु राेपेकाे छ भने कमिटीले दिउँसो पालिकाकाे सभाहल मसुरियामा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेेकाे छ।नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका कार्यवाहक अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्य मन्त्री कुल प्रसाद केसीकाे प्रमुख आतिथ्यता र पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुकाे विशिष्ट आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको हाे।साे अवसरमा बाेल्दै स्थायी समिति सदस्य केसीले माओवादीले शुरु गरेको दश वर्षे जनयुद्धकै कारण देशमा अहिलेकाे परिवर्तन सम्भव भएको बताउनु भएको छ।
उहाँले भन्नू भयाे “देशमा लाेकतन्त्र, गणतन्त्र ,धर्मनिरीपेक्षता ,सबै जाति र वर्गको समानुपातिक सहभागीता र देशमा नयाँ संबिधान निर्णण जनयुद्धकै कारण सम्भव भएको हाे ।”यदि जनयुद्ध नभएको भए अहिले पनि राजतन्त्र कायम हुने र सामन्ती शाेसकहरुकाे हातमै राज्य सत्ता हुने ठाेकुवा गर्नु भयो । उहाँले अहिलेकाे सरकारले यस जनयुद्धको दिवसको अवसरमा सार्वजनिक विदा दिएर सहिद,बेपत्ता तथा घाइतेहरूको सम्मान गरेकाे बताउनु भयो ।त्यस्तै विशिष्ट अतिथि इन्द्रजित थारुले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिकाे रक्षा गर्दै संविधानमा उल्लेख भएका कुराहरु लागू गर्नसके मात्रै शहिदहरुकाे सपना पुरा हुने बताउनु भयो ।त्यस्तै फरक प्रसंगमा उहाँले पार्टी टुटफुट नभई एक ढिक्का भएर अगाडि बढ्नुपर्ने कुरामा जाेड दिनु भयो ।
यस्तै साे कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,जग्गा एकीकरण विकास आयाेजनाका अध्यक्ष श्यामेस चाैधरी,एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश कमिटी सदस्य माेहन नेपाली ,नेकपा ऐमालेका राप्ती गाउँपालिकाका सचिव भरतमणी न्याैपाने,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष दाेर्ण जिसी,राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का,भालुवाङ हाेटेल व्यावसायिक संघका अध्यक्ष महेश बेल्वासे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे। गाउँ कमिटीका सह सचिव बसन्त नेपालीको स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटीका सचिव तुला गिरीले गर्नु भएको थियाे।

