
Srbpu
Rgp1
cjs
Pbu
Rgp
Pes
Djs
Gfs
sbs
Sgr
Unsku
pku
Lnp
Ggp

Bbbpu
Ksm
Rgu
nsb
Vor
Rsb
Tsm
Rgs
Sbs
Rgu
Wsp
Ggd
Hal
Sls
Pvg
Bbu
Gst
Asm
Ssm

Rmb
Pls
Syp
Rpp
Jmb
bbt
Jmb
Gsb
Mks
sab
Bml
Ptm
Abd
दाङ । स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ ।
उक्त विषयमा समाचार प्रकाशन भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजि टेकप्रसाद राईले घटनाबारे ध्यानाकर्षण भइसकेको भन्दै घटनाबारे यथार्थ छानबिन गर्न आफुले निर्देशन दिइसकेको बताउनु भयो ।
घोराहीको मुख्य चोक बिपिचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउसै स्कुटर चोरी भएको र चोरीमा संलग्न युवालाई प्रहरीले मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो । लुम्बिनी प्रदेशका डिआईजी राईले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानबिन गरेर कारबाही गर्न एसपीलाई निर्देशन दिनु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपि नबरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिनु भयो । उहाँले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ता भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिंदै यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने चेतावानी दिनु भएको छ । यो घटनाले प्रहरी संगठनमाथि प्रश्न चिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरि घटनाको अभियुक्त मुद्धा नचलाई छुटेको भए घटनामा संलग्न जो कोहि पनि कारबाही दायरामा आउने उहाँले बताउनु भयो ।
गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोश सहित लेख्नु भएको थियो । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिनु भएको थियो ।
त्यस्तै चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गर्नु भयो । बिष्टले सिसि क्यामरा फुटेज सहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाउनु भएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा जुटेको हो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटि चोरिमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ । रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताउनु भयो । प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन् । कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिबेदनका आधारमा मुद्धा चलाउने गर्छ, तर, प्रहरीले यो घटनामा मुद्धा नचलाई छोड्दा चौतर्फी चासो प्रकट भएको छ । यता स्कुटी चोरीको घटना क्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली बिदामा बस्नु भएको थियो एसपी ओली भन्नू हुन्छ यो घटना हुने बेला जिल्लामा थिएन पुजाको लागि घरमा थिए ।
