आलोक भावुक/गढवा बुधबार, फाल्गुण ०३, २०७९

दाङ । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ।फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, योजना शाखाका कुलराज कुमाल, साथै विभिन्न शाखाका प्रमुख,कर्मचारीहरु, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बुद्धिजीवी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो।गढवा गाउँपालिकाको कार्यालयबाट सुरु गरिएको सरसफाई अभियान विभिन्न स्थान हुदै गढवाको मुख्य चोकमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले समग्र गढवा गाउँपालिकालाई सरसफाईमा नम्बर वान बनताउने तर्फ अग्रसर रहेको बताउनु भयो। ‘हामी गढवा गाउँपालिका भरीकै फोहोर व्यवस्थापन तर्फ दिर्घकालिन योजना बनाई रहेका छौ अध्यक्ष पोख्रेलले भन्नु भयो । समग्र गढवा गाउँपालिकाको सरसफाई गर्न पालिकाले मात्र नसक्ने भन्दै प्रत्येक ब्यक्तिहुमा सरसफाई गर्ने सोचको विकास हुन आवश्यक रहेको बताउनुभयो। हामी योजना बनाउदै छौ, गल्ने र नगल्ने छुट्टा छुट्टै डम्पिङ गर्ने र त्यही अनुसार बजार क्षेत्र बाटै संकलन गर्ने योजनामा लागेको बताउनुभयो। बजार क्षेत्रमा देखिको प्लास्टिक जन्य फोहोर मुख्य समस्या भएको बताउदै अध्यक्ष पोख्रेलले प्रतेक पसल/घय बाट निस्किनेछ फोहोर बाटोका नालीमा नभई डस्टविनमा राख्ने र पालिकाको गाडी प्रत्येक दिन आउछ लगेर जान्छ यत्ति मात्र सबैले गरे बजार सुन्दर हुने बताउनु भयो ।प्रदेश स्थापना दिवसको अवसर फाल्गुन ३ गते लुम्बिनी प्रदेश सभा भवनमा विहान ११ बजे बृहत कार्यक्रम हुने भएकोले उपस्थित हुन सबैमा अनुरोध गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]