मजदुरहरुद्वारा माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी

काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर,चोकमा प्रहरी उभिने […]

सरकारले जनयुद्ध दिवसमा बिदा दिएको भन्दै विरोधमा प्रदर्शन

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा […]

राजपुर गाउँपालिकाको दोस्रो गाउँ सभा तथा दोस्रो हिउँदे अधिवेशन सम्पन्न

माघ -२९,दाङ । देउखुरीको राजपुर गाउँपालिकाको दोस्रो गाउँ सभा तथा दोस्रो हिउँदे अधिवेशन आइतबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षमा सम्पन्न भएको सभा तथा अधिवेशनमा अध्यक्ष बुढाथोकीले २०७९/०८० को अर्धवार्षिक प्रगति विवरण एवं हालसम्म भएका महत्त्वपूर्ण गतिविधिको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उक्त प्रतिवेदन प्रस्तुत गर्दै […]

राप्ती गाउँपालिकाद्वारा फाल्गुन १ गते सार्वजनिक विदा दिइने

दाङ । गाउँपालिकाले २०७९ साल फागुन १ गते साेमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आज आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको वडा नम्बर […]

प्रहरी प्रतिष्‍ठानको ६७ औं वार्षिकोत्सवको अवसरमा आईजिपी सिंहद्वारा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक आईजिपी धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा माघ २९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम एक समारोह बीच सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिले ६७ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्‍ठानको बार्षिक पत्रिका “प्रेरणा” को लोकार्पण गर्नुको साथै ४० औं आई.जि.पि रनिङ सिल्ड फुटवल प्रतियोगिता २०७९ […]

घोराही खानेपानीको बबई लिफटिङ अन्तर्गत आरभिटिको शिलान्यास

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि निर्माण गर्न लागेको आरभिटि ट्यांकको शिलान्यास गरिएको छ । त्यस्तै घोराही ७ बेसाइमा बन्न लागेको आरभिटि ट्यांकको शिलान्यास संस्थाका अध्यक्ष देवीबहादुर डिसीको नेतृत्वमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्नु भएको हो । ३ लाख लिटर पानी भण्डारण गर्न सकिने आरभिटिको शिलान्यास कार्यक्रममा संस्थाका […]

लुम्बिनी प्रदेशका ७ मन्त्रीद्वारा शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना […]

राप्तीमा संचालित राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय माविको हातमा

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ । ३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि […]

लुम्बिनीका नव नियुक्त मन्त्रीहरुले आज शपथ लिँदै

दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश राजधानी देउखुरी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]