
Rgp1
cjs
Sgr
Ses
Gfs
Unsku
Srbpu
Lnp
Ggp
Pes
Djs
Rgp
pku
Pbu
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो । गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुको बीच राय सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्य,टोल विकास, राजनीति दल,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि,खानेपानी, विद्युत,यातायात, वन वातावरण, सुशासन लगायतको विषय बस्तुमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । शुक्रबार राति राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोलाका टेकबहादुर बुढा मगरको घरमा आगलागी भएर अन्नपात,लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।यसैगरी बुढाको घरमा आगलागी भएको खबरका आधारमा आइतबार पालिकाले चामल २ बोरा,तेल २ लिटर,दाल १ किलो,नुन २ किलो र मानव […]
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा भइरहेको उत्खनन बन्द गरिएको छ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ विकट गाउँ मुस्लिम टोलमा खानेपानीको निकै समस्या छ । एक गाग्रो पानीका लागि त्यहाँका स्थानीय पानी लिन घण्टौ टाढा हिडेर जानुपर्ने बाध्यता छ । सुख्खायाम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुकेपछि त्यस टोलका ४३ घरपरिवार वर्षौ देखि सुख्खायाममा त्यस प्रकारको बाध्यता भोग्दै आईरहेका छन् । […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ३,कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनु भयो । नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षीय […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाका निवासी हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका लालबहादुर बिकलाई ४४ हजार बढी आर्थिक सहयोग प्रदान भएको छ । एक महिनादेखि आफ्नै घरको बिस्तरामा थला परेका बिकको फोटो हाल वैदेशिक रोजगारका लागि साउदीमा रहेका सन्देश घर्ती मगरलाई पटौली निवासी लुम बहादुर गिरीले उपलब्ध गराएका थिए […]
दाङ । देउखुरीको कोईलाबास नाकामा अत्यधिक गर्मीका कारण पानी सकिएपछि शनिबार गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण गरिएको छ । कोइलाबासमा पानी सकिएको थाहा पाएपछि आज बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा गरि पालिका कर्मचारी दिनभरी टनटलापुर्ण घाममा दिनभर कोइलाबासमा पानी वितरण […]
दाङ । देउखुरीको लमहीमा संचालन रहेको एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो लमही-४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुँवा खेली रहेका जुँवाडे सहित होटल संचालकलाई रंगेहात पक्राउ […]