
Ssbus
gms
Ksbus
bpmhl
Bsbus
Pbu
Csbus
Ksbus
dsbus
Gsl
Nssbus7
Ssbus
Rsbus
Jsbus
Ksbus
Bksbus5
Ssbus
Gsbus
Lsbus

Bbbpu
Ksm
Tsm
Pvg
Rgu
Rsb
Sls
Sbs
Bbu
Gst
nsb
Rgs
Vor
Hal
Rgu
Ssm
Ggd
Asm
Wsp

bbt
Pls
Rpp
Mks
sab
Bml
Ptm
Jmb
Syp
Rmb
Jmb
Gsb
Abd
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालका शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिको प्रभावबाट मुक्त गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। वर्षौँदेखि जकडिएको पार्टीकरण अन्त्य गर्न सरकारले अध्यादेशमार्फत सुधारका नयाँ कदमहरू अघि बढाएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन्।
प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीहरू दलका “स्लिपर सेल” बन्दा राज्य प्रणालीप्रति जनताको विश्वास कमजोर भएको उल्लेख गर्दै अबदेखि योग्यता, दक्षता र कार्यक्षमतालाई प्राथमिक आधार बनाइने जनाएका छन्।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।
विगतमा दलगत संगठन विस्तार गर्दा पनि शिक्षाको गुणस्तर र कर्मचारीको सम्मानमा सुधार नआएको तीतो अनुभव स्मरण गर्दै अबको नीति प्रणालीगत सुधारमा केन्द्रित हुने स्पष्ट पारे। नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटता होइन, विधि र क्षमताका आधारमा निर्णय हुने उनको दाबी छ।
प्रधानमन्त्रीले विद्यार्थीहरूले राजनीतिक भीडबाट होइन, गुरुहरूबाट ज्ञान र मूल्य सिक्नुपर्नेमा जोड दिएका छन्। साथै, कर्मचारीहरूले कुनै दलको आश्रय खोज्नुको सट्टा विधिको शासन र जनताको सेवामा समर्पित हुनुपर्ने उनको धारणा छ।
यो कदम कुनै विशेष दलविरुद्ध नभई समग्र प्रणाली सुधार र देशको भविष्य सुरक्षित गर्नका लागि “संस्थागत मार्ग” निर्माण गर्ने प्रयास भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। परिवर्तन भाषणभन्दा ठोस निर्णयबाट आउने विश्वास व्यक्त गर्दै उनले आम नागरिकको अपेक्षा अनुसार सरकारले अध्यादेशको बाटो रोजेको बताएका छन्।
प्रधानमन्त्री शाहले देशलाई दलगत कब्जाबाट मुक्त गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै यस ऐतिहासिक सुधार अभियानमा सबै नागरिकको साथ र विश्वासको अपेक्षा गरेका छन्।
