
Sgr
Ggp
Pbu
cjs
Unsku
Djs
pku
Gfs
Ses
Srbpu
Pes
Rgp1
Lnp
Rgp

Sbs
Gst
Asm
Wsp
Bbu
Rgu
Rgs
Rgu
Ggd
Pvg
Rsb
nsb
Vor
Sls
Bbbpu
Ksm
Ssm
Hal
Tsm

Bml
Abd
Ptm
Jmb
Jmb
bbt
Pls
Gsb
Rmb
Syp
sab
Rpp
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाका निवासी हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका लालबहादुर बिकलाई ४४ हजार बढी आर्थिक सहयोग प्रदान भएको छ ।
एक महिनादेखि आफ्नै घरको बिस्तरामा थला परेका बिकको फोटो हाल वैदेशिक रोजगारका लागि साउदीमा रहेका सन्देश घर्ती मगरलाई पटौली निवासी लुम बहादुर गिरीले उपलब्ध गराएका थिए ।सो फोटो घर्तीले आफ्नो फेसबुक वालमा पोस्ट गर्दा साथ समाजसेवि सम्झना बुढा मगरले बिकलाई अस्पतालसम्म पुर्याएर उपचार गर्नुपर्ने सुझाव दिए ।
सम्झनाको सुझावमा उता सन्देशले सहयोग संकलन गर्न सुरु गरे यता सम्झनाले आफ्नो निकटका साथीहरुलाई पनि सहयोगको लागि याचना गर्दै बिकलाई घरदेखि बेलासम्म ल्याउन घरपरिवार र आफन्तजनलाई आग्रह गरे । बिकलाई नाकाबाट बोकेर बेलासम्म पुर्याए लगत्तै १७ घण्टा भित्र अस्पतालमा पुर्याएर औषधि उपचार गर्न सफल भएको सम्झनाले बताइन् ।
डाक्टरको सुझाव अनुसार दुई दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गर्नु पर्ने बताइएको छ । बिकको हड्डीमा टिभी भएको र त्यसलाई औषधिको माध्यमबाट सन्चो नभएमा अप्रेसन गर्नुपर्ने सुझाव प्राप्त भएको सम्झनाले बताए । यस्तै बिकको उपचारका लागि सहयोग गर्ने सहयोगि दातहरुको नाम निम्न रहेको छ । राजपुर-१ सुकौली नाका जित बहादुर घर्ती मगर ८,५३५ रुपैयाँ,पटौली नाका सन्देश घर्ती मगर ५,००५ रुपैयाँ,पटौली नाका सुरज गिरी ५,०००, पटौली नाका,सुदिप सुनार पटौली नाका ५००, पटौली नाका नवीन गुबाजु २ हजार ५००,कल्याणपुर नाका अनिल घर्ती मगर २,१५० रुपैयाँ,खाङ्ग्रा नाका सम्झना बुढा मगर १,००५ रुपैयाँ, जर्मनदेखि धानु राना ५,०००,प्यूठान कृष्णप्रसाद खनाल ५,५५ रुपैयाँ,राजपुर-५ रामनगर टोला दिल बहादुर घर्ती मगर १,०००,मनौरा नाका डम्बर रोका ५,००० भैसाही नाका अमृत खड्का २,५००,राजपुर-१ रसरी खोला निवासी सन्जु शेटिमोउरबाट ६,०३० रुपैयाँ गरि कुल ४४ हजार ७८० रुपैया संकलन भएको समाजसेवी तथा पहल कर्ता सम्झना बुढाले जानकारी दिनु भएको भयो ।
यसैगरी बिकलाई अस्पतालसम्म पुर्याउन राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले एम्बुलेन्सको व्यवस्थापन गर्नु भएको थियो । त्यस्तै उपचारमा धेरै रकम लाग्ने भएको हुँदा सहयोगी मन र सम्बन्धित सरोकारवाला निकायलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

