Sidha Patra सोमबार, जेठ २९, २०८०

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

त्यस्तै मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

यसैगरी १ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]