
Gfs
Rgp
cjs
Ses
Unsku
Pes
Lnp
pku
Ggp
Djs
Sgr
Pbu
Srbpu
Rgp1

Ksm
Bbu
Pvg
nsb
Tsm
Ggd
Rsb
Rgu
Ssm
Vor
Sbs
Asm
Sls
Rgu
Bbbpu
Wsp
Hal
Rgs
Gst

Mks
Pls
Rpp
Jmb
Ptm
Rmb
bbt
Syp
Jmb
Bml
Abd
Gsb
sab
प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।
त्यस्तै मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।
यसैगरी १ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।
