
Ggp
Sgr
sbs
Srbpu
Lnp
Rgp1
pku
cjs
Pbu
Rgp
Pes
Unsku
Gfs
Djs

Pvg
Gst
Asm
Rgs
Tsm
Ksm
nsb
Wsp
Rsb
Ssm
Rgu
Bbu
Vor
Sls
Hal
Bbbpu
Sbs
Rgu
Ggd

sab
Rpp
bbt
Rmb
Abd
Ptm
Gsb
Jmb
Mks
Syp
Jmb
Pls
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुको बीच राय सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्य,टोल विकास, राजनीति दल,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि,खानेपानी, विद्युत,यातायात, वन वातावरण, सुशासन लगायतको विषय बस्तुमा केन्द्रित रहेर आफ्नो सुझाव दिएका थिए ।
सरोकारवाला निकायको सुझावपछि गाउँपालिका अध्यक्ष बुढाथोकीले पहिलोपटक यसरी सरोकारवाला निकायको राय तथा सल्लाह सुझाव संकलन गर्ने कार्य गाउँपालिकाले गरेको हुँदा सम्पूर्णको सल्लाह एवं सुझावलाई मनन गर्दै प्राप्त भएका सुझाव अनुसार सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव,नेपाली काङ्ग्रेस राजपुर गापा सभापति नरेन्द्र सिंह भण्डारी,नेकपा एमाले राजपुर गापाका संयोजक घनश्याम चौधरी,नेकपा माओवादी केन्द्र राजपुरका उपाध्यक्ष भिम ओली,राष्ट्रिय जनमोर्चा पार्टी राजपुर-४ का अध्यक्ष राजकुमार विश्वकर्मा,जनता समाजवादी पार्टी राजपुरका अध्यक्ष रामप्रसाद यादव लगायतले बोल्नु भएको थियो ।
राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा अधिकृत पाण्डेले प्रत्येक वडामा यस वर्ष ७१ लाख बजेट पठाएको र उक्त बजेटमा विभिन्न मापदण्ड रहेको र सोही अनुसार बजेट विनियोजन गर्न सबै वडा अध्यक्षलाई आग्र गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत,वडा नम्बर ३ का वडा सदस्य झुपलाल वली लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।




