Sidha Patra सोमबार, जेठ २९, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुको बीच राय सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्य,टोल विकास, राजनीति दल,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि,खानेपानी, विद्युत,यातायात, वन वातावरण, सुशासन लगायतको विषय बस्तुमा केन्द्रित रहेर आफ्नो सुझाव दिएका थिए ।

सरोकारवाला निकायको सुझावपछि गाउँपालिका अध्यक्ष बुढाथोकीले पहिलोपटक यसरी सरोकारवाला निकायको राय तथा सल्लाह सुझाव संकलन गर्ने कार्य गाउँपालिकाले गरेको हुँदा सम्पूर्णको सल्लाह एवं सुझावलाई मनन गर्दै प्राप्त भएका सुझाव अनुसार सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव,नेपाली काङ्ग्रेस राजपुर गापा सभापति नरेन्द्र सिंह भण्डारी,नेकपा एमाले राजपुर गापाका संयोजक घनश्याम चौधरी,नेकपा माओवादी केन्द्र राजपुरका उपाध्यक्ष भिम ओली,राष्ट्रिय जनमोर्चा पार्टी राजपुर-४ का अध्यक्ष राजकुमार विश्वकर्मा,जनता समाजवादी पार्टी राजपुरका अध्यक्ष रामप्रसाद यादव लगायतले बोल्नु भएको थियो ।

राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा अधिकृत पाण्डेले प्रत्येक वडामा यस वर्ष ७१ लाख बजेट पठाएको र उक्त बजेटमा विभिन्न मापदण्ड रहेको र सोही अनुसार बजेट विनियोजन गर्न सबै वडा अध्यक्षलाई आग्र गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेत,वडा नम्बर ३ का वडा सदस्य झुपलाल वली लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]