Sidha Patra आइतबार, जेठ २८, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ ।

शुक्रबार राति राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोलाका टेकबहादुर बुढा मगरको घरमा आगलागी भएर अन्नपात,लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।यसैगरी बुढाको घरमा आगलागी भएको खबरका आधारमा आइतबार पालिकाले चामल २ बोरा,तेल २ लिटर,दाल १ किलो,नुन २ किलो र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र राजपुर शाखाद्वारा झुल २ वटा,त्रिपाल १,म्याटिस १,बालटिन १ वटा,कीट झोला १ थानलाई गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपतीदेवी यादवले संयुक्त रुपमा अग्नि पीडित बुढाका छोरालाई उक्त राहत प्रदान गर्नु भएको हो ।त्यस्तै उक्त राहत हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले मुचुल्काको आधार गाउँपालिकाबाट तत्काल १० हजार नगद दिइने बताउनु भएको छ । यस्तै पालिकाको सिफारिसमा जिल्ला विपद व्यवस्थापनद्वारा १५ हजार नगद सहयोग प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]