
Gfs
Lnp
Ggp
Ses
pku
cjs
Unsku
Pes
Sgr
Srbpu
Djs
Rgp1
Rgp
Pbu

Sls
Rgu
Ssm
Wsp
Asm
Rsb
Vor
Rgu
Rgs
Tsm
Hal
Bbbpu
Sbs
Gst
Bbu
nsb
Ksm
Ggd
Pvg

Rpp
Gsb
Jmb
Rmb
bbt
Syp
Abd
Bml
Jmb
Pls
sab
Ptm
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ विकट गाउँ मुस्लिम टोलमा खानेपानीको निकै समस्या छ । एक गाग्रो पानीका लागि त्यहाँका स्थानीय पानी लिन घण्टौ टाढा हिडेर जानुपर्ने बाध्यता छ ।
सुख्खायाम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुकेपछि त्यस टोलका ४३ घरपरिवार वर्षौ देखि सुख्खायाममा त्यस प्रकारको बाध्यता भोग्दै आईरहेका छन् । तर अब भने त्यस टोलका नागरिकहरुको उक्त बाध्यताको अन्त हुने भएको छ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को करिब ५ लाख विनियोजित बजेट मार्फत खानेपानी आयोजनाको काम अघि बढे सँगै सो समस्याको समाधान हुने भएको हो ।
त्यस्तै हाल अहिले करिब ८ सय ५० मिटर तल बेवरे खोलाबाट पानी तान्ने विद्युतीय मोटर मार्फत गाउँसम्म पानी ल्याउने तयारी छ भने श्रमदान मार्फत घरघर सम्म पुर्याउने पानीको पाइप जोड्ने,खाडल खन्ने र पुर्ने काम भईरहेको छ ।
यसै बिच शनिबार बिहानै पालिकाका अध्यक्ष प्रकाश विष्ट उक्त टोलमा पुगि श्रमदान गरेका छन् । उनले स्थानीयबासीहरुसँगै खाडल खन्ने,पाइप तान्ने,पुर्ने काम गरेका हुन् । राज्यले प्रदान गर्ने बजेटले मात्रै विकास निर्माणका कामहरु सम्पन्न नहुने भन्दै अध्यक्ष विष्टले आफ्नो गाउँ घरमा हुने हरेक सार्वजनिक कामहरुमा श्रमदान गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उदेश्यले आफू श्रमदान कार्यमा सहभागी भएको बताए ।
यस्तै पछिल्लो समय गाउँ घरमा हुने स–साना कामहरुमा पनि राज्यकै मुख ताक्ने प्रचलन बढ्दै गएको छ अध्यक्ष विष्टले भने – “गाउँघरमा हुने हरेक विकास निर्माणका गतिविधिहरुमा नागरिक जनसहभागिता हुन जरुरी छ ।”त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले आयोजना सम्पन्न गर्न प्राप्त बजेट नभएकोले तत्कालका लागि १० हजार लिटर प्लास्टिकको ट्याङ्की मार्फत पानी वितरण गर्न लागिएको बताउँदै आगामी दिनमा पक्की ट्याङ्की आवश्यकता रहेको बताए । स्थानीय गोपाल मियाँले खुसी हुँदै भने–“वर्षैदेखि सुख्खा याम शुरु भएसँगै मानिसलाई मात्रै हैन पशु चौपायालाई समेत पिउने पानीको समस्या थियो अब भने त्यो समस्या हटेर जाने भयो ।”
पालिकाका अध्यक्ष सँगै श्रमदान गर्न पाउँदा स्थानीयहरु समेत खुसी भएका थिए । श्रमदान कार्यक्रममा पालिकाका अध्यक्ष प्रकाश विष्टसँगै वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,सदस्य अलि मोहमद मियाँ,युवा विद्यार्थी ठाकुर पन्थी,रामकृष्ण डाँगी,टोलका समाजसेवी बुद्धिजीवी लगायत स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस अघि पनि अध्यक्ष विष्ट पालिकाका विभिन्न वडाहरुमा हुने सार्वजनिक विकास निर्माणका कार्यहरुमा पटकपटक सहभागी हुँदै आइरहेका छन् ।
