तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, जेठ २९, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो ।

गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जीवराज पाैडेलले जानकारी दिनुभयो ।

अनुदानमा बोका वितरणका लागि गाउँपालिकाले गत महिनामै आवेदन माग गरेको थियो । प्राप्त आवेदनकाे आधारमा कृषकहरुलाई बाेका वितरण गरिएको शाखा प्रमुख पाैडेलले जानकारी बताउनु भयो । सुर्खेतबाटबाट खरिद गरि ल्याइएका बोयर जातका क्रस बोका गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले साेमबार वितरण गर्नुभएको हो ।

त्यस्तै गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नश्ल सुधार गरी गाउँपालिकालाई मासुमा आत्मनिरर्भर गराउने र कृषकको आयस्तर बृद्धि गर्ने उदेश्यले बाेयर जातका बाेका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । ३२ हजार देखि ५५ हजार मुल्य सम्मका बोका किसानले ५० प्रतिशत अनुदानमा पाएका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]