
Rgp1
pku
Pbu
Lnp
Ggp
Sgr
Unsku
Rgp
Srbpu

Vor
Rgs
Ssm
Ggd
Pvg
Sls
Wsp
Rsb
Bbbpu
Ksm
Hal
Gst
nsb
Bbu
Tsm
Rgu
Sbs
Asm
Rgu

Bml
Rpp
Ptm
Gsb
sab
Jmb
Syp
Mks
Jmb
Pls
bbt
Abd
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो ।
गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जीवराज पाैडेलले जानकारी दिनुभयो ।
अनुदानमा बोका वितरणका लागि गाउँपालिकाले गत महिनामै आवेदन माग गरेको थियो । प्राप्त आवेदनकाे आधारमा कृषकहरुलाई बाेका वितरण गरिएको शाखा प्रमुख पाैडेलले जानकारी बताउनु भयो । सुर्खेतबाटबाट खरिद गरि ल्याइएका बोयर जातका क्रस बोका गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले साेमबार वितरण गर्नुभएको हो ।
त्यस्तै गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नश्ल सुधार गरी गाउँपालिकालाई मासुमा आत्मनिरर्भर गराउने र कृषकको आयस्तर बृद्धि गर्ने उदेश्यले बाेयर जातका बाेका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । ३२ हजार देखि ५५ हजार मुल्य सम्मका बोका किसानले ५० प्रतिशत अनुदानमा पाएका हुन् ।
