सुन चोरी प्रकरणमा संलग्न एक व्यवसायी पक्राउ

कैलाली । भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको […]

गोरखा मोडेल स्कुल लमहीमा तीन दिने कथा लेखन कार्यशाला कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने […]

अनुसन्धानका लागि रवीन्द्र र दुर्गासहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाई भने […]

लमही-१,सुनडबरीमा नि:शुल्क दुई महिने कम्प्युटर तालिम सुरु

दाङ । लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले डिजिटल सीपको विकासले रोजगारीका अवसरहरु सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । दुई महिने नि:शुल्क डिप्लोमा कम्प्युटर तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले कम्प्युटर तालिमले सहभागीहरुलाई प्रविधिमैत्री बनाउनुका साथै भविष्यमा रोजगारी तथा स्वरोजगारका लागि बाटो खुलाउने विश्वास लिएको बताए […]

राप्ती गाउँपालिका–६,मा जैविक कृषि प्रवर्द्धनका लागि एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

दाङ । राप्ती गाउँपालिका–६,मा जैविक कृषि प्रवर्द्धनका लागि एकदिने सचेतनामूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६, भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल,जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख […]

दुई वर्षदेखि चार सय बढी उखु किसानले अनुदान पाएनन्

कञ्चनपुर । दुई वर्षदेखि कञ्चनपुरका चार सय ४७ उखु किसानले अनुदान रकम पाएका छैनन् ।जिल्लाका उखु किसानले २०८० र २०८१ को अनुदान रकम हालसम्म नपाएका हुन् । त्यस्तै उनीहरूले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने हो । बेदकोट नगरपालिका वडा नम्बर ३, किसान ध्वजबहादुर विष्टले सरकारले उपलब्ध गराउँदै आएको अनुदान दुई वर्षदेखि नपाएको बताए। उनले […]

दाङमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ

दाङ । तुलसीपुरमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका हुन् । बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४,रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले […]

सामाजिक एवम् पारिवारिक चलचित्र”झिल्को” प्रदशन

काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ । एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ । पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो […]

आज लुम्बिनी सहितका प्रदेशहरुमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

दाङ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहि आएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]