
Amb
Gsl
Ddhbs
Gsbus
gms
dsbus
Jsbus
Pbu
Nssbus7
Ratbs
syysr
Bksbus5
Csbus
Rbs
Ssbus
Syees

Rsb
Asm
Hal
Ksm
Pvg
Gst
Vor
Ggd
Bbu
Ssm
Rgs
Sbs
nsb
Wsp
Rgu
Bbbpu
Tsm
Sls
Rgu

Jmb
bbt
Pls
Rpp
Rmb
Abd
sab
Jmb
Bml
Syp
Gsb
Ptm
Mks
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने बसाईमा प्रशिक्षक साहित्यकार विजयराज आचार्यले कथा लेखनका आधारभूत तत्वहरु पात्र, परिवेश,संवाद,दृष्टिकोण र संरचनाका बारेमा प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुलाई अभ्यासका अवसरहरु समेत प्रदान गरेका थिए ।
विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा नागरिक समाज दाङका संयोजक निम बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि थापाले कथा लेखन युवाहरुको सिर्जनात्मक अभिव्यक्तिको सशक्त माध्यम भएको बताउँदै यस्ता कार्यशालाले नयाँ पुस्तामा साहित्यिक चेतना र अभिरुचि जागृत गर्ने विश्वास व्यक्त गरे । थापाले कथा लेखन केवल कल्पना मात्र नभई समाज, समय र अनुभूतिहरूको जीवन्त चित्रण रहेको बताए । थापाले भने, “साहित्यले राष्ट्रको आत्मा बोल्छ । यस्ता प्रशिक्षणहरुले भावी लेखकहरुको हुर्काइमा महत्वपूर्ण योगदान पुर्याउँछ ।”
त्यस्तै कार्यशालाको समापन समारोहमा विद्यार्थीहरुले आफैँले तयार गरेका कथाहरु वाचन गरेका थिए जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । केही कथाहरु सामाजिक यथार्थ, किशोर मनोविज्ञान र परम्परागत संस्कृतिमा आधारित थिए भने केही कथा समसामयिक प्रविधि र भविष्यवादी कल्पनामा केन्द्रित थिए । यस्तो विविधताले विद्यार्थीहरुमा सिर्जनात्मक सोचको विकास भएको देखिएको छ ।
यस्तै विद्यार्थीहरुले कथा लेखनको आधारभूत ज्ञान प्राप्त गरेको महसुस सुनाउँदै भविष्यमा अझ धेरै लेखन गर्ने उत्साह व्यक्त गरे । यसरी तीन दिने कथा लेखन कार्यशालाले विद्यालय र विद्यार्थी दुवैका लागि सिर्जनात्मक र ज्ञानवर्द्धक अनुभव प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यार्थीहरुमा लुकेको प्रतिभालाई उजागर गर्ने यो प्रयास भविष्यमा पनि निरन्तरता पाउने बताए । यस्तो कार्यशालाले विद्यार्थीहरुमा लेखनको आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्नेमा बिश्वास ब्यक्त गर्दै उनले आगामी दिनहरुमा कविता, निबन्ध तथा नाटक लेखन सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिने जानकारी दिए । यो कार्यक्रम विद्यालयको साहित्यिक गतिविधिको नियमित शृंखलाको हिस्सा भएको विद्यालयले जनाएको छ ।
त्यस्तै उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघकि केन्द्रीय सदस्य लिला शाह,साहित्यकार हरि पोख्रेल,पत्रकार तथा साहित्यकार छविलाल कोपिला लगायतका बक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको आयोजनामा संचालन रहेको तीन दिने कथा लेखन कार्यशाला समापन कार्यक्रममा साहित्यकार,विद्यार्थी,अभिभाबक,शिक्षक-शिक्षिका, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

