
Ssb
Tgp
Csb
Rsb
Ssb
Ksb
Rks
Nsb
Ksb
Usb
Gsb
Ppu
Ksb
Bsn

Usb
Tsb
Gsb
Hl1
Ssb

Rgu
Nps
ptl
दाङ । तुलसीपुरमा शिक्षकलाई धारिलो हतियार प्रहार गरेर फरार रहेका युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका हुन् ।
बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४,रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले धारिलो हतियार प्रहार गरि फरार रहेका थिए ।
त्यस्तै प्रहरीका अनुसार बि.क.ले श्रेष्ठको घाँटी, हात लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते श्रेष्ठको हाल उपचार भइरहेको छ । घटनापछि फरार रहेका बि.क.लाई खोजतलासका क्रममा तुलसीपुर–४ हलवार स्थित सडक बाटोमा प्रहरीले बैशाख २० गते साँझ करिब ८ : ४५ बजे पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका बि.क.लाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण खुलाउन थप अनुसन्धान जारी रहेको जनाएको छ ।
