Sidha Patra आइतबार, बैशाख २१, २०८२

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाई भने त्यसको एक महिनापछि वैशाख १५ गते मात्र पक्राउ परेका थिए ।

त्यस्तै उनी तीनकुनेमा राजा फर्काउने भनेर गरिएको प्रदर्शनका ‘जनकमान्डर’ तोकिएका थिए । उनले प्रहरीमाथि नै गाडी चलाउन खोजेका थिए । मिश्र पनि उक्त कार्यक्रममा पुगेर भिडलाई उकास्ने काम गरेको भिडिओमा देखिएको थियो । दुर्गा,रवीन्द्र र धवलले भीड उक्साए,अनि भड्कियो तीनकुनेमा दंगा (भिडिओ) उक्त समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर,प्रतिष्ठान,सवारी साधनलगायत सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

यस्तै उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन् । ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ । दुर्गा प्रसाई,रवीन्द्र मिश्रलगायत दुई दर्जनमाथि राज्य विरुद्धको कसुरमा मुद्दा पनि चलाउने तयारी छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]