
Gsbr-6
Gsbg-3
Jsbr-3
ksbl-7
Csbg-7
Pbu
Msbg-2
Usbl-7
Rksr-7
Jsbg-7
दाङ । राप्ती गाउँपालिकाले क्षेत्रफलमा आधारित तरकारी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत किसान छनोट प्रक्रिया तीव्र बनाएको छ । कार्यक्रमको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले स्थलगत अनुगमन थालेको हो। कम्तीमा तीन कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका कृषकहरूलाई लक्षित गर्दै पालिकाले प्रति कठ्ठा २ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको कृषि शाखा प्रमुख बरसाती […]
दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको आयाम बहुउद्देश्यिय सहकारी संस्थाले बुधवार एक कार्यक्रमका बिच आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको छ । संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले रिवन काटेर भवनको बिधिवत उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले […]
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७,का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । त्यस्तै उनलाई कुटपिट गरेको आरोपमा तीन जना युवाहरु १० दिनदेखि प्रहरीको थुनामा रहेको खुलेको हो ।धनगढी उपमहानगरपालिका–८,कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरूबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । उनीहरुको बिचमा वैशाख १५ गते राति […]
दाङ । नेपालका सात सय त्रिपन्न स्थानीय तह मध्ये एक बर्षभित्र १ सय ५४ पालिकामा पुगेको कपडा बैंक अभियान गढवा गाउँपालिकामा एक कार्यक्रमका बिच बुधवार उद्घाटन भएको छ ।गढवा गाउँपालिका र कपडा तथा खाद्य बैंक नेपालको साझेदारीमा यो अभियानको एक कार्यक्रम बिच बुधवार जिल्लामै पहिलो पटक सुभारम्भ गरिएको हो । यो अभियान अन्तर्गत प्रयोगमा नआएका […]
दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले लागुऔषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ । मंगलवार बेलुका करिव ५ः५० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १,भालुवाङ पुलचोक नजिकैबाट प्रहरीले ती महिलालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी २० वर्षीया सरिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । बुधबार आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो । […]
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरु दुवै जनाको टाउको फुटेको छ । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बैशाख २४ गते अर्थात भोलि बुधबार वडा नम्बर ३ स्थित बसन्तापुरमा एकदिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिका तथा वडा कार्यालयसम्म सेवा लिन आउन नसक्ने नागरिकलाई लक्षित गरी उक्त शिविर सञ्चालन गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए । उनका अनुसार विशेष गरी […]
मकवानपुर । गाडी भासिएर हराएको विषयमा आजदेखि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो । विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । त्यस्तै विभागका […]