
Mbdvs
mbd
Pbu
Rbs
Sds
Gisld

Rgu
Wsp
Asm
Hal
Bbu
Rsb
Sls
Gst
Rgu
Vor
Tsm
Ksm
Bbbpu
nsb
Pvg
Rgs
Ggd
Ssm
Sbs

Jmb
Jmb
Bml
Abd
Rmb
Mks
sab
Pls
bbt
Syp
Ptm
Gsb
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थानीय किसानको कृषि उपज बजारीकरणलाई व्यवस्थित बनाउने पहलस्वरुप ४० क्विन्टल बेसार बागलुङ पठाउन थालेको छ ।
गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित ‘भिटा परियोजना’ सञ्चालनसँगै किसानले उत्पादन गरेको उपजलाई देशका विभिन्न स्थानमा बजार उपलब्ध गराउँदै आएको छ । सोही क्रममा गढवामा उत्पादन भएको बेसार श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत बागलुङ पठाउन थालिएको हो ।
सहकारीकी अध्यक्ष सोभा रावत क्षेत्रीका अनुसार पहिलो चरणमा २० क्विन्टल बेसार गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत पठाइसकिएको छ भने बाँकी २० क्विन्टल केही दिनमै पठाइने तयारी पूरा भएको छ । भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम, बिउ सहयोगदेखि उत्पादनको बजारीकरणसम्मको सुनिश्चितता गरिएको बताए । “हामीले किसानलाई उत्पादन मात्रै होइन,बिक्रीसम्मको ग्यारेन्टी दिने गरी काम गरेका छौं,जसले उनीहरुलाई व्यवसायिक कृषितर्फ आकर्षित गरेको छ,”उनले भने ।पहिलो खेपको बेसार बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष शेरबहादुर खनालको जिम्मामा पठाइएको जनाइएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले किसानको उत्पादनलाई सहज रुपमा बजारसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “कृषि उत्पादनदेखि बजारीकरणसम्मको चक्रलाई व्यवस्थित बनाउँदै किसानको आयस्तर वृद्धि गर्ने हाम्रो प्राथमिकता हो,” उनले भने- “खसीबोका, दूध,तरकारी तथा धानको बजारीकरणमा पनि हामीले ठोस काम गरेका छौं ।”
त्यस्तै गाउँपालिकाले सञ्चालन गरेको दूध संकलन तथा बिक्री केन्द्र, हाटबजार व्यवस्थापन तथा सरकारी दररेटमा धान खरिद जस्ता कार्यक्रमले किसानलाई राहत मिलेको स्थानीयको भनाइ छ । स्थानीय तहको सक्रिय पहल र सहकारीमार्फतको समन्वयले गढवाका किसानलाई उत्पादनमा उत्साहित बनाउँदै आयआर्जनको दिगो आधार तयार पार्ने अपेक्षा गरिएको छ ।
