तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, बैशाख २१, २०८२

दाङ । राप्ती गाउँपालिका–६,मा जैविक कृषि प्रवर्द्धनका लागि एकदिने सचेतनामूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

पालिकाको वडा नम्बर ६, भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल,जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले विषादीको प्रयोग सकेसम्म नगर्न आग्रह गर्दै, आवश्यक परेमा जैविक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले गाउँपालिकाको नीति तथा कार्यक्रममा विषादी रहित अर्गानिक खेतीलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन् ।त्यसैगरी वडाध्यक्ष चौधरीले कृषक तथा खाद्य उत्पादनसँग सम्बन्धित सबै सरोकारवालाहरू बढी सचेत हुनुपर्नेमा जोड दिए । उनले क्यान्सर, मुटु, मृगौला जस्ता रोगहरुमा वृद्धि भईरहेको उल्लेख गर्दै यस्ता रोगहरुको एक प्रमुख कारण रासायनिक विषादी नै रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ६,का कृषकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कृषि विकास शाखा प्रमुख बरसाती गडरिया,कृषि अधिकृत प्रदीप खत्री र कृषि प्राविधिक निर्मला पौडेलले प्राङ्गारिक मल र जैविक विषादी बनाउने तरिका,प्रयोग विधि तथा यसका लाभबारे प्राविधिक प्रशिक्षण र जानकारी गराएका थिए ।

त्यस्तै गाउँपालिकाले यसअघि पनि आफ्ना केही वडामा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ भने बाँकी रहेका वडामा समेत चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । गाउँपालिकाले सबै नौ वटै वडामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]