Sidha Patra सोमबार, बैशाख २२, २०८२

कैलाली । भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार, भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले खड्काको पक्राउ पुष्टि गर्दै हाल अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नसकिने जानकारी दिए।

त्यस्तै प्रहरी स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लको अगुवाइमा भारतमा सुन चोरी गर्ने र त्यसलाई नेपालमा खरिदबिक्री गर्ने गिरोहमाथि व्यापक अनुसन्धान शुरु गरिएको छ । यही क्रममा धनगढीका दुई जना सुनचाँदी व्यवसायीलाई समेत नियन्त्रणमा लिइएको छ, तर उनीहरुको नाम अहिलेसम्म गोप्य राखिएको छ।

यस्तै एसएसपी मल्लले पनि खड्कासहितका केही व्यक्ति नियन्त्रणमा रहेको बताउँदै अहिले नै धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताएका छन् । भारतमा चोरी गरिएको सुन नेपाल भित्र्याई कारोबारी सञ्जाल मार्फत बिक्री वितरण गर्ने गिरोह लामो समयदेखि सक्रिय रहेको पाइएको छ ।

त्यस्तै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान त गरिरहेको छ, तर दुई देशबीचको कानुनी सन्धी अभावका कारण सार्वजनिक मुद्दा चलाउन कठिनाइ भइरहेको प्रहरी बताउँछन् । प्रहरीले सुन चोरीको घटनालाई राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय मानेर उच्च तहबाट अनुसन्धान अघि बढाएको जनाएको छ । दिनेशखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]