
Pbu
Jsbg-7
Csbg-7
Gsbr-6
Rksr-7
Jsbr-3
Usbl-7
Gsbg-3
ksbl-7
Msbg-2


दाङ । लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले डिजिटल सीपको विकासले रोजगारीका अवसरहरु सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दुई महिने नि:शुल्क डिप्लोमा कम्प्युटर तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले कम्प्युटर तालिमले सहभागीहरुलाई प्रविधिमैत्री बनाउनुका साथै भविष्यमा रोजगारी तथा स्वरोजगारका लागि बाटो खुलाउने विश्वास लिएको बताए ।
प्रविधिको युगमा कम्प्युटरको ज्ञान अब विकल्प होइन, आवश्यकता बनिसकेको छ । सरकारी कार्यालयदेखि निजी क्षेत्र, विद्यालयदेखि उद्योग व्यवसायसम्म कम्प्युटरको उपयोग अनिवार्य जस्तै छ त्यसैले अब हरेक मानिसको घरमा हरेक युवा प्रविधि र सूचनासंग जोडिएको हुने पर्छ’- पौडेलले भने ।
लमही नगरपालिका -१ को आयोजना तथा आइ सिटि कम्प्युटर ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा आजदेखि सुरु भएको तालिम दुई महिनासम्म संचालन हुने छ । तालिमको प्रशिक्षकमा जय प्रकाश पौडेल रहेका छन् ।
दुई महिनासम्म संचालन हुने कम्प्युटर तालिममा वडा नम्बर १ का कक्षा दशको परीक्षा दिएर बसेका तथा कक्षा १२ मा अध्ययन गर्ने छात्र / छात्राहरुको सहभागिता रहेको छ । कार्यक्रमको संचालन वडा सचिव बिन्तीराम चौधरीले गरेका थिए ।
