
ksbl-7
Jsbr-3
Msbg-2
Pbu
Gsbr-6
Csbg-7
Jsbg-7
Rksr-7
Usbl-7
Gsbg-3


दाङ । ईलाका प्रहरी कार्यालय गढवामा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक डबल बहादुर वमलाई गढवा र राजपुर गाउँपालिका क्षेत्रभित्र हुने अवैध कृयाकलापहरुलाई नियन्त्रण गर्न सकृय रहनुपर्ने कुरामा पत्रकारहरुले सुझाव राखेका छन् ।
ईलाका प्रहरी कार्यालय गढवाले सोमवार आयोजना गरेको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा राप्ती पारीको भूगोलमा हुने अवैध कृयाकलापहरु नियन्त्रण गर्न प्रहरी प्रशासन थप सकृय बन्नुपर्ने बताएका हुन् ।
ईप्रका गढवाको कार्यक्षेत्र गढवा र राजपुरको भूगोलभित्र हुने लागु औषध ओसारपसार र दुब्र्यसनी,भन्सार छली गरेर भारतबाट आयात निर्यात गरिने मालसामानहरुको निगरानी,सिमा क्षेत्रमा शान्ती सु–ब्यवस्था सुदृढ गर्न तथा नदीजन्य र वनपैदावरको चोरी निकासी तथा चोरी तष्करी नियन्त्रण गर्न थप सकृय रहनुपर्ने कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरी प्रमुखलाई सुझाएका हुन् ।
त्यस्तै ईप्रका गढवामा हालै सरुवा भै आउनु भएका प्रहरी निरीक्षक डबल बहादुर वमले भारतसंग सिमाना जोडिएका नाकाका वस्तिहरुबाट भन्सार छली गरेर अवैध रुपमा मालसामान ओसारपसार गर्ने कार्य र नदीजन्य तथा वनजन्य पदार्थहरुको चोरी निकासी कडाईका साथ नियन्त्रण गर्न र लागु औषध दुब्र्यसनि नियन्त्रण गर्न आफू सकृय भएर लागिपर्ने बताएका छन् । प्रहरीलाई आम नागरिक तवरबाट सहि सुचना उपलब्ध भएमा अबैध कृयाकलापहरु नियन्त्रण गर्न सहज हुने र अपराध न्यूननीकरणमा सहयोग हुने उनले बताए ।
ईप्रका गढवामा २८ औं प्रहरी प्रमुख कालिका कार्कीले बिभागीय नियमानुसार कार्यकाल पुरा गरेर विदा भएकि छिन् भने २९ औं कार्यकालका लागि प्रहरी निरीक्षक डबलबहादुर वम आएका हुन् । यस अघि रञ्जु केसी,नविन केसी र कालिका कार्की गरी ३ जना महिला प्रहरी प्रमुख भएर ईपका गढवामा आएको र उनिहरु सबैको कार्यकाल रचनात्मक र प्रशंसनिय रहेको कार्यक्रमका सहभागिहरुको भनाइ रहेको छ ।
त्यस्तै ईप्रका गढवाको कार्यक्षेत्र गढवा र राजपुर दुई गाउँपालिकाका १५ वटा वडाहरु र ३४ बढी नेपाल भारत सिमासंग जोडीएका नाकाहरु रहेकोले सुरक्षा सतर्कतामा निकै चुनौति रहेको र यसअघिका प्रहरी प्रमुखले यस क्षेत्रमा अपराध नियन्त्रण र शान्ती सुरक्षा तथा अमन चैन कायम गरि सफल नेतृत्व गर्न सक्षम भएको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सहज तरिकाले प्रहरीले सञ्चारमाध्यमहरुलाई सूचना उपलब्ध गराउनुपर्ने विषयमा माग गरेका छन् । विद्यालय तहमा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गरि दुर्घटना तथा लागु औषधको दुब्र्यसनी नियन्त्रण गर्न पत्रकारहरुले प्रहरी प्रमुखलाई अनुरोध गरेका छन् । अपराध न्यूनीकरणको क्रममा राजनितिक दवाव र प्रभावमा समेत नपर्न प्रहरी प्रमुख बमलाई पत्रकारहरुले आग्रह गरेका थिए ।
