प्रधानन्यायाधीशमा कार्की नियुक्त,आजै कार्यभार सम्हाल्ने

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ। सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्ने छन्।

तुलसीपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना गम्भीर घाइते

दाङ । तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । मृत्यु हुनेमा […]

आज रोल्पा र रुकुमका मगर समुदायले भूम्या पर्व धुमधामका साथ मनाउँदै

रोल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ,सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । त्यस्तै भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ। भूमि देवता खुसी भए प्राकृतिक […]

गढवामा एक महिने होजियारी बुनाई तालिमको समापन

दाङ । देउखुरीको गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ । नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। एक महिने होजियारी बुनाई […]

सुदूरपश्चिमबाट बदनाम हुँदै लघुवित्त वित्तीय संस्था,इन्फिनिटीबाट डेढ करोड हिनामिना

धनगढी । सुदूरपश्चिममा प्रदेश शाखा कार्यालय रहेका विभिन्न लघुवित्त वित्तीय संस्थाहरुले मापदण्ड विपरीत ऋण लगानी र कर्जा असुली गर्न थालेपछि ती संस्थाहरु बद्नाम हुन थालेका छन्। आफुअनुकुल ऋण लगानी र असुली गर्न थालेपछि कतै संस्थाका कार्यालयमा तालाबन्दी त कुनै संस्थामा निक्षेप नै हिनामिना हुने गरेको तथ्य बाहिर आएको छ । गरिबी उत्थानमा सहयोग गर्ने उद्देश्यले […]

कैलाली कारागार भित्र प्रशासनको सेटिङमा जुवा ड्रग्सदेखि रक्सीसम्मको कारोबार हुँदै

धनगढी । क्षमताभन्दा तेब्बर कैदी,जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ । कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै […]

काठमाडौं जिल्ला अदालत परिसरबाट अखिल क्रान्तिकारी अध्यक्षसहित १५ जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। त्यस्तै पक्राउ पर्नेहरूमा नेकपा […]

भालुबाङको बुद्ध टोल समितिद्वारा योजना तर्जुमा पारित सम्बन्धि टोल बासीसंग छलफल

दाङ । गौतम बुद्ध टोल समितिले आर्थिक योजना तर्जुमा पारित गर्ने समबन्धमा आम टोल बासिहरुसंग छ्लफल गरि कुन-योजना पेस गर्ने भन्ने सम्बन्धि विषयहरुमा मंगलबार छ्लफल गरेको छ । गौतम बुद्ध टोल समितिले बिगतमा पारित गरेका कामहरु कुन पारित भयो कुन -कुन भाको छैन भने पुर्ण गर्ने हिसाबले अगाडी बढेको छ । गौतम बुद्ध टोलसमिति भित्र […]

पोखरा महानगरले फेवा सिमसार क्षेत्रका संरचनामा चलायो डोजर

कास्की । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको संरचनामाथि डोजर चलाएको छ । सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको घडेरीको संरचनामाथि महानगरले डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए । विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]