
Ggp
Pbu
Rgp1
pku
Lnp
Srbpu
Unsku
Rgp
Sgr

Rgs
Bbbpu
Hal
Ksm
Ssm
Rsb
Sls
Vor
Ggd
Bbu
Rgu
Asm
Rgu
Tsm
nsb
Wsp
Gst
Sbs
Pvg

Jmb
Pls
Rmb
Syp
Bml
Ptm
Jmb
Gsb
sab
Mks
bbt
Rpp
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ ।
नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
एक महिने होजियारी बुनाई तालिममा गढवा गाउँपालिका वडा नम्बर ६ र ७ का महिलाहरुको सहभागिता रहेको थियो। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक वर्ष २०८९/०८०को बिनियोजित कार्यक्रम अनुसार शाखाको ७० प्रतिशत र इन्द्र फाउण्डेशनको ३० प्रतिशत लगानीमा साझेदारी गरी तालिम सञ्चालन गरिएको शाखाले जनाएको छ ।
बुधबार समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम पश्चात उध्धमी नबने पालिकाको लगानी खेर जाने बताउनुभयो। पालिकाले ठुलो आशा गरेको मुख्य तालिमहरु सरफ बनाउने तालिम, नुहाउने र कपडा धुने सावुन, चप्पल बनाउने तालिम र सुईटर बनाउने तालिम प्रमुख तालिम भएको र ठुलो सम्भावना रहेको बताउदै एकल अथवा सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्नु टर्ने बताउनुभयो।
पालीका भरीकालाई तालिम दिएर अलपत्र पार्नु भन्दा व्यवसाय गर्न इच्छुकहरुलाई पूर्णरुपमा दक्ष बनाई व्यवसायीक रुपमा लाग्ने क्षमतावान बनाउने तर्फ जोड दिएको बताउनुभयो। थोरै लाई तालिम दिई प्रभावकारी हुने हिसावले व्यवसाय गर्ने खालको दक्ष जनशक्ति उत्पादन गर्ने योजना पालिकाको रहेको बताउनुभयो। प्रत्येक बर्ष तालिम दिदै र छोड्दै गर्नुको औचित्य नरहेको बताउदै अध्यक्ष पोख्रेलले तालिम पश्चात अनिवार्य व्यवसाय गर्नु पर्ने टिमलाई तालिम दिने योजनाका साथ काम गरिरहेको बताउनुभयो। ताविम दिएल मात्र व्यवसाय सञ्चान नहुने भएकाले तालिम र प्रविधि समेत हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले एक महिने तालिमले मात्र नपुग्ने भएकोले आवशक परे थप एड्भान्स तालिमको व्यवस्थापन गर्ने बताउनु भयो ।एक महिने तालिममा ४-५ प्रकारको सामाग्री बनाउन मात्र सिकेको बताउदै एड्भान्स तालिम दिई सबैलाई सक्षम बनाउने तर व्यवसायीक रुपमा लाग्नै पर्ने बताउनु भयो । प्रशिक्षकले एक महिनामा अधिकांश कुरा सिकाएको भन्दै तारिफ गर्नु भयो। प्रशिक्षक मेडमको पनि हजार समस्या हुँदा हुदै पनि आज ट्रेनरको रुपमा देशको अनेकन ठाउमा तालिम दिदै हिडेको बताउदै मिहेनत र लगनशील भएर लागे असम्भव केही नहुने बताउनु भयो।
समापन कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – ६ का५० पटक भन्दा धेरै पटक लाइन जाने आउनेमा नयां रेकर्ड कायम गरेकोमा विद्युत प्राधिकरण लमही लाई बधाई अध्यक्ष बिर बहादुर आले मगर, सुईटर बुनाई तालिमकी प्रशिक्षक सिता चौधरी, गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका सहसचिव पटवारी यादव, तालिममा सहभागीहरुको तर्फबाट निर्मला नेपाली र देवा कुवरले बोल्नु भएको थियो ।
कार्यक्रमको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, नेपाल इन्द्र फाउण्डेशनका उपाध्यक्ष लाल बहादुर यादव, लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण नेपाल इन्द्र फाउण्डेशनका सचिव आर के यादवले गर्नु भएको थियो ।

