भानु जोशी/लमही बुधबार, बैशाख १९, २०८१

दाङ । देउखुरीको लमहीमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बसपार्क सरसफाइ गरि मनाइएकोछ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाई लमहीको आयोजनामा बसपार्क वरपर सरसफाइ गरि कार्यक्रम सम्पन्न गरिएकोछ।

सरसफाइ पछि सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीले सबै क्षेत्रका मजदुरहरुको सम्मान गर्नु पर्ने र समान काम तथा समान ज्यालाको ब्यबस्था गरिनु पर्ने बताएकि छन । उनले लमही नगरपालिकाबाट पनि आगामी दिनमा मजदुर मुखी कार्यक्रम अघि बढाउनेमा जोड दिएकिछन। कार्यक्रमका विशिष्ट अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उप-महासचिव खगेन्द्र बहादुर वलीले यातायात मजदुरको हकहितमा काम गर्ने एकमात्र मजदुरहरुको संस्था नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भएको दावी गरेका छन।

त्यस्तै सडकमा यातायात मजदुरले थुप्रै समस्या भोग्नु परे पनि ति समस्या प्रती सरोकारवाला निकायहरू मौन रहने गरेको आरोप लगाएकाछन । सो अवसरमा संगठनका जिल्ला अध्यक्ष दिपक बुढाथोकी,लमही नगरपालिका ५ नम्बर वडा अध्यक्ष ओम प्रसाद सुवेदी सागर, नेकपा माओवादी केन्द्र लमही नगर अध्यक्ष दिल कुमार श्रेष्ठ, राप्रपाका शोभाकर घिमिरे, नेकपा समाजवादीका क्षेत्रीय सचीव शशिराम नेपाली,त्रीशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका रिषिराज रावत क्षेत्री लगायतका वक्ताहरुले मजदुरहरुको पक्षमा बोल्दै शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा वडा प्रहरी कार्यालय लमहीबाट प्रनानी रकम खड्का,ट्राफिक प्रहरी प्रमुख भूपेन्द्र प्रसाद गौली लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा यातायात मजदुर जंगबहादुर चौधरी, जोख्खन चौधरी र वीर बहादुर चौधरीलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । संगठनका इकाई अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जगेन्द्र बुढा मगरले स्वागत गरेका थिए भने संचारकर्मी भानु जोशीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]