Sidha Patra बुधबार, बैशाख १९, २०८१

दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङले सोमबार राजपुर-७ हाडबासका अग्नि पीडितलाई राहत प्रदान गरेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा
बैशाख १६ गते जंगलबाट आएको आगोले २४ घर र १० गोठ गरि कुल ३४ घर,गोठ जलेर नष्ट भएपछि हाडबासका अग्नि पीडितहरु पालमुनि रात कटाई रहेका छन् ।

त्यस्तै अग्नि पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउने उदेश्यले नेकपा एमाले जिल्ला दाङ कमिटीले आफ्नो विभिन्न भातृ संगठन सहित तत्काल राहत संकलन गरेर दोस्रो दिन बैशाख १७ गते स्थलगतमै पुगेर राहत प्रदान गरेको हो ।

उक्त राहत संकलन कार्यमा एमालेको भातृ संगठन लोकतान्त्रिक मगर संघ नेपाल,अखिल लेपाल किसान महासंघ,राष्ट्रिय युवा संघ नेपाल,एमाले जिल्ला कमिटी दाङ परिवार र नेकपा एमाले राजपुर गाउँ कमिटीको संयुत्त सहकार्यमा पार्टीका जिल्ला कमिटी अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिब मनोहर बुढाथोकी,राजपुर गाउँ कमिटीका अध्यक्ष हेम कुमार जिसी,सहित नेताकार्यकर्ताको उपस्थितिमा २५ बोरा चामल,२५ केजि नुन र २५ पोका तेल वितरण गरिएको लोकतान्त्रिक मगर संघ दाङ जिल्लाका अध्यक्ष  इश्वर बुढा मगरले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]