
Ses
Pes
Srbpu
Djs
Sgr
Rgp1
Unsku
Pbu
Rgp
Ggp
cjs
Gfs
pku
Lnp

Rgs
Tsm
Gst
Rsb
Wsp
Ggd
Asm
Bbu
Rgu
Pvg
Bbbpu
Vor
Ssm
Hal
Sbs
Ksm
nsb
Rgu
Sls

Rmb
Abd
sab
Gsb
Syp
Rpp
Ptm
Jmb
Mks
Pls
Jmb
bbt
Bml
कास्की । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको संरचनामाथि डोजर चलाएको छ ।
सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको घडेरीको संरचनामाथि महानगरले डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए ।
विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार क्षेत्र पछिल्लो एक वर्षयता उल्लेख्य रुपमा पुर्ने काम बढेर गएको छ । व्यवसायी युवराज खतिवडाले जग्गाधनीसँग ४ देखि ५ लाख रुपैयाँसम्म लिएर सिमसार पुर्ने काम गरिरहेका छन् । खतिवडाले आफूले स्थानीयकै आग्रहमा जग्गा पुर्दै आएको र आफूले पुरेको क्षेत्र सिमसारमा नपर्ने बताउँदै आएका छन् ।
पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार मंगलबार ८० रोपनी क्षेत्रमा सिमसार पुरेर बनाइएको घडेरीको संरचना भत्काइएको छ । ‘उहाँहरुलाई हामीले अनुमति नलिई नबनाउनुस् भनेर पटकपटक आग्रह गर्दा पनि अटेर गर्नु भयो । बीचबीचमा निर्माण सामग्री पनि जफत गरेका थियौं, त्यति गर्दा पनि नमानेपछि भत्काउनु परेको हो । अब बाँकी जजसले अनधिकृत रुपमा संरचना सिमसार बनाउनुभएको छ, सबैको भत्काउछौं’ पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने ।अनलाइनखबर
