प्रिया स्मृतीगजमेर/लमही मंगलबार, बैशाख १८, २०८१

दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अबको शिक्षा प्रविधिमैत्री र सीपमूलक हुनु पर्ने बताएका छन् ।

सोमबार लमही नगरपालिका -७ बनघुस्रीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शिक्षासंगै प्राविधिक ज्ञान हुनु अहिलेको आवश्यकता हो, यो कुरालाई सबैले बुझ्न जरुरी छ, जो संग प्राविधिक ज्ञान र सीप छ उसैको माग बढी हुन्छ”- उनले भने ।

त्यसैगरी लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अबको शिक्षा प्रविधिमैत्री हुनु पर्ने बताइन । सबै शिक्षण संस्थामा प्राविधिक शिक्षा अनिवार्य हुनु पर्ने उनको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले शिक्षा क्षेत्रमा पालिकाले ठूलो लगानी गर्दै आएकोले यो मौकालाई भरपुर फाइदा लिन आग्रह गरे । पालिकाले उपलब्ध गराएको अवसर प्रयोग गरेको सरकारी सेवामा प्रवेश गर्न सहभागीलाई अनुरोध गरे । यता पालिकाले यहाँहरुको उज्वल भविष्यको लागि बजेट विनियोजन गर्ने तपाईंहरु यो कार्यक्रमको महत्त्व बुझ्नु भएन भने लगानी खेर जान्छ यो कुरालाई यहाँहरुले पनि बुझ्नु पर्छ”- प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने ।

वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीले अघिल्लो वर्षदेखि वडा कार्यालयले प्राविधिक र कृषि क्षेत्रमा विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढ्नका लागि सिफारिस गरेको र अहिले पनि पढी रहेको बताए । “हामीले उनिहरुको पारिवारिक स्थिति बुझ्ने र उनिहरुको चाहना के हो बुझेर सम्बन्धित विद्यालयमा सिफारिस गर्ने गरेका छौं”- गिरीले भने ।

सतबरिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुल बहादुर नेपाली, जिल्ला समन्वय समितिका सदस्य कुल बहादुर बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा एक सय जनाले प्रशिक्षण लिने छन ।

लमही नगरपालिका -७ का वडा अध्यक्ष मोहन गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का सदस्य उर्मिला चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन वडा सचिव शेर बहादुर चौधरीले गरेका थिए ।

सक्सेस टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा दुई महिनासम्म तालिम संचालन हुनेछ ।सोमबारदेखि नै वडा नम्बर ७ मा लोकसेवाको नि:शुक्क तयारी कक्षा समेत संचालन भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]