
Ssbus
gms
Gsl
Pbu
Ratbs
dsbus
Jsbus
Bksbus5
Ddhbs
Nssbus7
Amb
Csbus
Rbs
Gsbus

Pvg
Vor
Rgu
Ggd
Bbbpu
Bbu
Asm
Ssm
Rsb
Tsm
Rgu
Wsp
Hal
Sbs
Gst
Rgs
nsb
Sls
Ksm

Abd
Syp
Jmb
Pls
Mks
Bml
Ptm
Rpp
bbt
Rmb
Jmb
Gsb
sab
दाङ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अबको शिक्षा प्रविधिमैत्री र सीपमूलक हुनु पर्ने बताएका छन् ।
सोमबार लमही नगरपालिका -७ बनघुस्रीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शिक्षासंगै प्राविधिक ज्ञान हुनु अहिलेको आवश्यकता हो, यो कुरालाई सबैले बुझ्न जरुरी छ, जो संग प्राविधिक ज्ञान र सीप छ उसैको माग बढी हुन्छ”- उनले भने ।
त्यसैगरी लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अबको शिक्षा प्रविधिमैत्री हुनु पर्ने बताइन । सबै शिक्षण संस्थामा प्राविधिक शिक्षा अनिवार्य हुनु पर्ने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले शिक्षा क्षेत्रमा पालिकाले ठूलो लगानी गर्दै आएकोले यो मौकालाई भरपुर फाइदा लिन आग्रह गरे । पालिकाले उपलब्ध गराएको अवसर प्रयोग गरेको सरकारी सेवामा प्रवेश गर्न सहभागीलाई अनुरोध गरे । यता पालिकाले यहाँहरुको उज्वल भविष्यको लागि बजेट विनियोजन गर्ने तपाईंहरु यो कार्यक्रमको महत्त्व बुझ्नु भएन भने लगानी खेर जान्छ यो कुरालाई यहाँहरुले पनि बुझ्नु पर्छ”- प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने ।
वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीले अघिल्लो वर्षदेखि वडा कार्यालयले प्राविधिक र कृषि क्षेत्रमा विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढ्नका लागि सिफारिस गरेको र अहिले पनि पढी रहेको बताए । “हामीले उनिहरुको पारिवारिक स्थिति बुझ्ने र उनिहरुको चाहना के हो बुझेर सम्बन्धित विद्यालयमा सिफारिस गर्ने गरेका छौं”- गिरीले भने ।
सतबरिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुल बहादुर नेपाली, जिल्ला समन्वय समितिका सदस्य कुल बहादुर बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा एक सय जनाले प्रशिक्षण लिने छन ।
लमही नगरपालिका -७ का वडा अध्यक्ष मोहन गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का सदस्य उर्मिला चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन वडा सचिव शेर बहादुर चौधरीले गरेका थिए ।
सक्सेस टेक्निकल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा दुई महिनासम्म तालिम संचालन हुनेछ ।सोमबारदेखि नै वडा नम्बर ७ मा लोकसेवाको नि:शुक्क तयारी कक्षा समेत संचालन भएको छ ।
