Sidha Patra बिहिबार, जेठ ३२, २०८०

धनगढी । सुदूरपश्चिममा प्रदेश शाखा कार्यालय रहेका विभिन्न लघुवित्त वित्तीय संस्थाहरुले मापदण्ड विपरीत ऋण लगानी र कर्जा असुली गर्न थालेपछि ती संस्थाहरु बद्नाम हुन थालेका छन्।

आफुअनुकुल ऋण लगानी र असुली गर्न थालेपछि कतै संस्थाका कार्यालयमा तालाबन्दी त कुनै संस्थामा निक्षेप नै हिनामिना हुने गरेको तथ्य बाहिर आएको छ । गरिबी उत्थानमा सहयोग गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेशभित्र भने आफुअनुकुल कर्जा लगानी र असुली गर्न थालेपछि कतै ऋणीको उठीबास लागेको छ भने कतिपयले आत्महत्या समेत गरिसकेका छन्।

केहिदिन अघि मात्रै कञ्चनपुर,दार्चुला र अछाममा सञ्चालित लघुवित्तका पाँच वटा शाखा कार्यालयमा तालाबन्दी गरिसकिएको छ । प्रदेशभित्र सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुले ऋणीमाथि ब्याजको भारी बोकाएर दादागिरी गरिएको भन्दै ती संस्था विरुद्ध ऋणीहरु आन्दोलित छन् । लघुवित्तबाट कर्जा लिएका ऋणीको उठिबास नै लाग्न थालेपछि यहाँका लघुवित्तमा तालाबन्दीदेखि निक्षेप जम्मा नगर्नेसम्मको अवस्थामा ऋणी पुगेका छन्।

त्यस्तै यसअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनका कार्यकर्ताले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा तालाबन्दी नै गरेका थिए । गोकुलेश्वरस्थित माइक्रो फाइनान्स र निर्धन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको थियो। लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै उनीहरूले वित्तीय संस्थालाई चेतावनी स्वरुप पहिलो चरणमा तालाबन्दी गरिएको थियो ।

यस्तै लघुवित्त वित्तीय संस्थाहरुले चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैंसीसमेत उठाएको उल्लेख गरिएको छ। यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ। यसअघि कञ्चनपुरको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको थियो।

त्यस्तै अछाममा रहेका दुुई लघुुवित्त वित्तीय संस्थामा पनि नेपाल कम्प्युनिष्ट पार्टी विप्लवले तालाबन्दी गर्नु परेको थियो। जिल्लाको साँफेबगर नगरपालिकामा रहेका छिमेक र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरिएको थियो । त्यस्तै कञ्चनपुरमा शाखा कार्यालय रहेको नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका–१४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एक करोड ३१ लाख हिनामिना भएको पाइएको छ। निवेदनहरू आउने क्रम जारी रहेकाले यो रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । उनका अनुसार सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तबाटै जाहेरी आएको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो।

लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले सुरुमा जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो। अनुसन्धानमा थप दुई जनाको पनि संलग्नता देखिएपछि फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत पक्राउ गरेको छ। लघुवित्त वित्तीय संस्थाहरु आफुअनुकुल चल्न थालेपछि सेवाग्राही ती संस्थाबाट हैरान भएका छन्।दिनेशखबरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]