राजपुरको माररीमा खुल्ला भलिबल तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न,प्रथम कल्याणपुर

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा खुल्ला भलिबल प्रतियोगिता तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष कुलराज कँवरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले पालिका भित्रका क्लबहरुलाई दर्ता गरि प्रक्रियागत रुपमा कार्यक्रम संचालन […]

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र […]

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा नेपाल र मलेसिया बीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल […]

राजपुरको करंगामा साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता सम्पन्न,प्रथम रसरी

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करंगामा साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । पाँच पूर्णिमा मेला व्यवस्थापन समितिका अध्यक्ष वीर सिङ रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले संस्कृति र संस्कारलाई बचाउनको लागि सबैजना एकजुट हुनुपर्ने बताउनु भएको छ […]

नेपाल फाइनलमा चुक्यो,यूएईले उपाधि जित्यो

काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका […]

नेपालद्वारा यूएई ५ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी रहेको त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी […]

भालुबाङमा अखिल (क्रान्तिकारी) विद्यार्थीद्वारा फुटबल सम्पन्न,प्रथम सितगंगा युवा क्लब

दाङ । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ। मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिनसम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा […]

लमही -७ मा संचालित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लबलाई

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोकाकप फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लब कप्तानगञ्जले उचालेको छ । नवजागरण क्लबले आयोजक चन्द्रज्योती क्लबलाई २-१ गोलको अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमै चन्द्रज्योतीले गोलको सुरुवात गरेको थियो । लगत्तै दवावमा नपरी नवजागरणले ३० औँ मिनेटमा गोल फर्कायो । पहिलो ईनिङ्स १-१ गोल बराबरीमा […]

लमहीमा अट्वारीको अबसरपारि वडास्ततीय फुटबल प्रतियोगिता सुरु

दाङ । थारुहरुको महानपर्ब अट्वारीको अबसरमा लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोका कप फुटबल प्रतियोगिता सुरु भएको छ । चन्द्रज्योती क्लब हसनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले गर्नुभएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले स्वास्थ्यको लागि खेलकुद आबस्यक रहेको भन्दै खेलबाट देशकै नाम रोषणी गर्न सकिने बताउनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]