अमर क्षितिज/घोराही शनिबार, माघ १३, २०८०

दाङ । घोराहीमा जारी छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी घोराही १७ ले जितेको छ ।

घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशीको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी जितेको हो ।

पहिलो हाफको ३१औँ मिनेटमा घोराही १७ का युवराज रानाले पहिलो गोल गर्दै शुरुवाती अग्रता लिएका थिए । खेलको दोस्रो आफको २२औँ मिनेटमा घोराही १० का दिपेश पुनले जवाफी गोल गर्दे खेललाई बरावरीमा ल्याएका थिए ।

निक्कै प्रतिष्प्रर्धात्मक खेलको अन्तीममा घोराही १७ का सुजल बस्नेतले निर्णायक गोल गरेका थिए । ६ वर्षदेखि हुदैँ आएको प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड तथा प्रमाणपत्र र उप विजेताले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । पुस २० गतेदेखि जारी प्रतियोगितामा घोराही उपमहानगर पालिकाका १९ टिम सहभागीता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]