
Nssbus7
Bksbus5
Rbs
Ssbus
Jsbus
dsbus
Ddhbs
Csbus
Pbu
gms
Amb
Gsbus
Ratbs
Gsl

Bbu
Bbbpu
Rgs
Ksm
Hal
Pvg
Rsb
Ssm
Ggd
Asm
Wsp
Rgu
Sbs
Sls
Vor
Rgu
nsb
Gst
Tsm

Jmb
Jmb
Mks
sab
bbt
Rmb
Gsb
Pls
Rpp
Bml
Abd
Ptm
Syp
दाङ । क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरी वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा गुरुकुल एकेडेमी लमही रहने भएकाे छ ।
दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरी वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे हो । आज शुक्रबार गुरुकुल एकेडेमी लमहीकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गुरुकुल ऐकेडेमी लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना र देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथाेकीबिच टाईटल स्पाेन्सर सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।
देउखुरी वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर्स गणेश बुढाथाेकीले गुरुकुलकाे टाईटल स्पाेन्सरपछि गुरुकुल देउखरी वारियर्स नाम रहने पनि बताउनु भयाे । साथै उहाँले शिक्षा क्षेत्रलाई उच्च पद्दतिमा लगिरहेकाे र घाेराहीमा गुरुकुल ऐकेडेमीकाे अपार सफलतापछि तुलसिपुर र लमहीमा गुरुकुल एकेडेमी संचालनमा आउन लागेकाे र यस शिक्षण संस्थाले अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै आगामी दिनमापनि गुरुकुल ऐकेडेमीसंग सहयाेग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा अक्षरका माध्यमबाट विद्यालय चिनाउने भएकाे हुँदा शिक्षासंगै खेल क्षेत्र लगायत समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई लिएर यस देउखुरी वारियर्स क्रिकेट क्लवकाे अफिसियल स्कुल पार्टनर तथा टाईटल स्पाेन्सरकाे रुपमा रहेकाे गुरुकुल ऐकेडेमी लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले बताउनु भयाे । साथै उहाँले नयाँ विद्यालय भएकाे हुनाले सम्पूर्णलाई सहयाेग गर्न र विद्यालयले सम्पूर्ण कानुनि प्रकृया पूरा गरेकाे पनि बताउनु भयाे । प्रतियोगिता सफल बनाउन विद्यालयले टाईटल स्पाेन्सरकाे रुपमा भुमिका खेल्ने भएपछि देउखुरी वारियर्स क्रिकेट क्लवले आभार प्रकट गरेको छ ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स,घोराही टाईगर्स,पुरन्धारा च्यालेन्जर्स,तुलसीपुर रोयल्स र दंगाली लायन्सगरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने छन ।
गुरुकुल ऐकेडेमी लमहीका सेयर सदस्य शितल भुषालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण गुरुकुल ऐकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले गर्नुभएकाे थियाे भने पत्रकारहरु राधेश्याम गुप्ता,चुमा आचार्य,प्रिया स्मृति गजमेर लगायतले आफ्नाे जिज्ञासा राख्नु भएको थियो ।
त्यस्तै दाङ क्रिकेट लिग– २ विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी,बढी विकेट लिने खेलाडी,ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार,म्यान अफ द सिरिजलाई पन्ध्र हजार,म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।
