
Pbu
Csbus
Ddhbs
dsbus
Rbs
gms
Gsl
Nssbus7
Amb
Bksbus5
Jsbus
Gsbus
Ssbus
Ratbs

Rgs
Asm
Pvg
Rgu
Tsm
Gst
Ssm
Sbs
Hal
Bbu
Wsp
Vor
Ksm
Bbbpu
Ggd
nsb
Rgu
Rsb
Sls

Rpp
Jmb
Rmb
Jmb
bbt
Pls
Ptm
Mks
sab
Gsb
Abd
Bml
Syp
दाङ । राजपुरमा १२ औं नाका स्तरीय खेलकुद कार्यक्रम शनिबार उद्घाटन भएको छ ।
नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।
खेलकुद कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले हरेक समस्या र चुनौतीको सामना गर्दै एउटा सभ्य समाज बनाउनुका साथै नाका क्षेत्रबाट खेलाडीहरु उत्पादन गर्ने उदेश्यले गाउँपालिकाद्वारा बजेटको व्यवस्थापन गरि खेलकुद कार्यक्रम अघि बढाइएको बताउनु भयो ।
त्यस्तै उहाँले राजपुर गाउँपालिका भित्र खेलाइने विभिन्न खेलकुदबाट खेलाडी भाइबहिनीहरुलाई बन्चित नहुने गरि खेल खेलाउन नाका स्तरीय खेलकुद समाजलाई आग्रह गर्नु भयो । यस्तै उहाँले राजपुरको समग्र विकासको लागि आफुहरु अहोरात्र खटेको र आगामी दिनमा नाका क्षेत्रको विकासका लागि गाउँपालिकाद्वारा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले नाका क्षेत्रमा विगत भन्दा विभिन्न कोणबाट अहिले धेरै विकासले गति लिएको बताउनु भयो । अहिले आफ्नै भुमिबाट ट्याक्टर,मोटरसाइकलबाट भएपनि आउन सक्ने बाताबरण बनेको बताउनु भयो । यस्तै उहाँले विगतमा आर्थिक संकलन गरेर खेलकुद खेलाउने गरिन्थ्यो भने अहिले सबै गाउँपालिकाले व्यवस्थापन गरेको बताउनु भयो ।
नाका स्तरीय खेलकुद समाजका उपाध्यक्ष तथा शिव शक्ति माध्यमिक विद्यालय भौवा नाकाका प्रधानाध्यापक लिलाधर बिकको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका मगर,खेल प्रशिक्षक पदमा चौधरीले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन नाका स्तरीय खेलकुद समाजका सचिव तथा बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रा नाका प्रधानाध्यापक रामसुरेश यादवले गर्नु भएको थियो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नम्बर ७ का अध्यक्ष पुष्कर वली,कार्यपालिका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य दिलमती वली,वडा नम्बर ७ वडा सदस्य सन्देश बिक,वडा नम्बर ६ का सचिव लक्ष्मी चौधरी लगायतको सहभागी रहेकोे थियो ।
त्यस्तै उक्त खेलकुद उद्घाटन सत्र कार्यक्रमको समापन गर्दै अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले नाका स्तरीय खेलकुद समाजलाई २०५४ सालमा स्थापना भइ २०६७ सालमा दाङ जिल्ला खेलकुद विकास समितिमा दर्ता गरि विभिन्न आरोहहरु पार गर्दै यो उचाईमासम्म पुर्याउन सकेको बताउनु भयो । यस्तै उहाँले नाका स्तरीय खेलकुदलाई एउटा पर्वको रुपमा मान्दै आएको र यस खेलकुद कार्यक्रमलाई अहिले स्थानीय सरकार राजपुर गाउँपालिकाले आफ्नो स्वामित्वमा लिएको हुँदा आगामी दिनमा अझै यस कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न पालिकालाई आग्रह पनि गर्नु भयो ।
कार्यक्रम पस्च्यात सम्पूर्ण विद्यालयले मार्चपासद्वार गाउँपालिकाको टिमलाई सलामी प्रदान गरेको थियो । उक्त खेलकुद कार्यक्रममा नाका क्षेत्रका ११ वटा विद्यालयहरु सहभागी रहेका छन् ।खेल तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

