
Pbu
dsbus
Nssbus7
gms
Jsbus
Ratbs
Csbus
Ssbus
Rbs
Ddhbs
Amb
Gsbus
Bksbus5
Gsl

Sls
Tsm
Hal
Sbs
Ssm
Bbu
Rsb
Rgs
Vor
Rgu
Pvg
Asm
Bbbpu
Rgu
Wsp
Gst
Ggd
Ksm
nsb

Abd
Syp
Rpp
Gsb
Mks
Jmb
sab
Rmb
Bml
bbt
Pls
Jmb
Ptm
काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
त्यस्तै विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ ।
एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । एसिया कप खेल्ने नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । सेमिफाइनलमा नेपालले तुलनात्मक रुपमा केही सहज विपक्षी टोलीलाई पाएको छ । थाइल्यान्ड र युएईसँग पर्दा केही कठिन हुन सक्थ्यो ।
पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । पछिल्लो समय नेपाली क्रिकेट क्रिकेटको स्तर खस्किदै गएको छ । जसले लोकप्रियता पनि घटेको देखिन्छ । त्यसैले आज मलेसियालाई हराउन सके महिला टोलीले माहोल पुनः फर्काउन सक्छ ।
नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।
उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतक हानेकी थिइन् । आफ्नो करिअरको अन्तिम समयतिर आएका यी दुई खेलाडीको लागि पनि ठूलो अवसर हो । उच्च लयमा रहेका सीता र रुविनाले महत्वपूर्ण खेलमा उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ ।
कप्तान इन्दु बर्मा, डली भट्ट, कविता जोशी र अप्सरी बेगमले ब्याटिङमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ । बलिङमा कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले सुरुवात विकेट दिलाउन आवश्यक पर्दछ । पुजा महतोले अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।
मलेसिया घरेलु मैदान र कन्डिसनको भरपूर फाइदा त्यसैगरी उठाउने सोचमा छ । मलेसियाकी वान जुलिया र विनिफ्रेड दुराईसिंघम प्रमुख दुई ब्याटर हुन् । कप्तान विनिफ्रेडको विकेट निकै महत्वपूर्ण हुनेछ । इल्सा हन्टर र मास एलिसा मध्यक्रमका ब्याटर हुन् । मास एलिसा र इजाती इस्लामी दुई प्रमुख बलर मानिन्छन् ।
त्यस्तै यस प्रतियोगितामा नेपाल र मलेसिया दुबै अपराजित छन् । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।
