टेकबहादुर पुन/जिल्ला ब्युरो सोमबार, फाल्गुण १४, २०८०

दाङ । दाङ क्रिकेट लिगमा सहभागी जनाएका फ्रेन्चाईज क्लब मध्य एक हो देउखुरी वारियर्स । यस क्लब जिल्लाका अब्बल टिम मध्यमा पर्छ । गतबर्ष भएको दाङ लिगमा फाईनल प्रबेस गर्दै देउखुरी वारियर्सले जिल्लामा अब्बल टिम मध्यमा नाम रोसनी गर्यो । फाईनलमा घोराही टाईगर्ससँग भिडेको थियो । एद्येपी प्रतियोगिता फाईनलमा देउखुरी वारियर्सले जित निकाल्न भनेन सकेन । उपबिजेता हुँदै चित्त बुझायो । दाङ लिग २ मा भिड्दै गरेका ५ वटा टिमहरु आपसमा अब्बल मानिन्छन ।

क्रकेटको बिकाशका निम्ति २०७८ सालमा स्थापना भएको देउखुरी वारियर्सले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ । देउखुरी वारियर्सका ओनर जानकिलाल बस्नेतले खेलको बिकास सँगै अबसर प्रदान गर्न क्लबको स्थापना गरेको बताए ।

देउखुरी वारियर्स देशमा हुने फ्रेन्चाईज लिगहरुमा सहभागी हुँदै आईरहेको छ । दाङ लिग २ मा अब्बल मध्यको टिम मानिएको देउखुरी वारियर्समा राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडीहरु अटाउन सकेका छन ।

देउखुरी वारियर्सका कप्तान विशाल बिक्रम केसी अलराउण्ड खेलाडी हुन । नेतृत्व गरेर टिमलाई हौसला बाढ्दै जित दिलाउन उनिमा खुबी छ । अन्तर्राष्ट्रिय लेवलमा नाम रोसनी गरेका विशाल वल्र्डकप प्लेयर हुन । उनि एसिसि अण्डर-१६ प्रतियोगिता २०१९ मा नेपालको कप्तान गरिसकेका खेलाडी हुन । हालसालै साउथ अफ्रिकामा भएको अण्डर-१९ वर्ल्डकप २०२४ मा पनि उनी नेपालका कप्तान भएर खेल प्रदर्शन गरे । राष्ट्रिय स्तरका प्रतियोगितामा उनी लुम्बिनी प्रदेश टिमबाट खेल्ने गर्दछन ।

विशाल जस्तै अर्का अलराउण्डर वल्र्डकप प्लेयर दिपक बोहरापनि देउखुरी वारियर्स टिममा समाबेस छन । एसिसि अण्डर-१६, २०१९ मा उनी नेपालका उपकप्तान भएर खेलेका हुन । साउथअफ्रिकामा भएको अण्डर-१९, २०२४ खेलेर स्वदेश फर्किएका बोहरा राष्ट्रिय स्तरका प्रतियोगितामा एपिएफ टिमबाट खेल्ने उनि अब्बल खेलाडी मानिन्छन । उनिजस्तै अर्का वल्र्डकप प्लेयर हुन नारायण जोशी । राष्ट्रिय स्तरमा सुदुरपश्चिम प्रदेशका कप्तान भएर खेल्ने गरेका जोशी २०१७ मा भएको अण्डर-१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल टिमबाट खेलिसकेका छन । खेलप्रदर्शन बाटै जोशीले एपिएल एनपिएलमा सैयौँ खेलाडीलाई पछि पार्दै आफ्नो नाम दर्ज गरेका थिए । अलराउण्ड खेल्ने जोशी देउखुरी वारियर्सका अब्बल खेलाडी मानिएका छन ।

प्रज्वल थापापनि अण्डर-१९ नेपाल टिमका खेलाडी हुन । उनले २०२४ को अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘नेपाल टिम क्याम्प’ गरि अनुभव गरिसकेका छन । उनी देउखुरी वारियर्सका लागि दाङ लिगमा विकेट किपर र ब्याट्सम्यान भएर खेल प्रदर्शन गर्नेछन । राष्ट्रिय लेबलमा उनी लुम्बिनी प्रदेशका खेलाडी हुन । उनिहरु जस्तै राष्ट्रिय लेबलमा उत्कृष्ट खेल प्रदर्शन गरिसकेका अन्य खेलाडीहरु देउखुरी वारियर्समा समाबेस छन । आशिष् वली, आवाज गौतम, आयुस वली, राजकुमार कुमाल, जोहन वली, शुभम खनाल, अभिषेक केसी, केशब अधिकारी, थमन वली, सुरज खनाल देउखुरी वारियर्समा अटाएका छन । दिपु केसी मेन्टर रहेको देउखुरी वारियर्सको कोचमा अर्जुन बस्नेत छन भने टिम म्यानेजरमा सरोज बस्नेत रहेका छन ।

आईतबार देउखुरी वारियर्सले लमहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी जर्सी अनावरण गरेको छ । देउखुरी वारियर्सका मानेजिङ डाईरेक्टर गणेश बुढाथोकीको अध्यक्षता तथा नेपाली काँग्रेस लमही नगर सभापती सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उनले खेलाडीलाई जितको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरे । खेलाडीको हौसलाका बुढाथोकीले नगद १५ हजार सहयोग गरे । कार्यक्रममा देउखुरी वारियर्सको मुख्य प्रायोजकमा रहेको गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल मुकुन्द तिमिल्सिनाले ५० हजारको चेक हस्तान्त्रण गरे ।

खेलाडीहरुलाई जर्सी बितरण गर्दै बिदाई गरिएको थियो । दाङ लिग १४ गते सोमबार देखि शुरु हुँदैछ । लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो धनरासीको प्रतियोगिता मानिएको छ । १९ गते फाईनल खेल हुने दाङ क्रिकेट सँघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]