आउँदो माघ ५ गतेदेखि घोराहीमा मेयर कप हुने

दाङ । दाङको घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ । त्यसैगरी उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागि आह्वान गरिएको जनाइएको छ ।

दाङमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरु

दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो । त्यसैगरी प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका […]

इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडीहरुलाई घोराहीमा सम्मान

दाङ । भारतको दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडीहरुलाई घोराहीमा सम्मान गरिएको छ । खेलकुदको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको नाम चिनाउनदेखि पदक जित्न सफल खेलाडीहरुलाई अविर टिका र फुल माला लगाएर सम्मान गरिएको हो । अल्फा तेक्वान्दो डोजाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दिल्लीमा भएको प्रतियोगितामा देशको नाम र सानसँगै पदक […]

लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता दाङमा हुँदै

दाङ । दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै घोराही उपमहानगरपालिका १७ को खेलमैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिनु भयो । […]

सरकारद्वारा साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० […]

साफ उपविजेता नेपाली टोली स्वेदश फर्कियो, खेलकुदमन्त्रीले गरे स्वागत

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । माल्दिभ्समा भएको साफमा नेपाल […]

दशैंको अफर–गढवामा आधा लाखको फूटवल प्रतियोगिता

दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ । क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले […]

देउखुरीको वनगाँउमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु

दाङ । देउखुरीकाे लमही नगरपालिका ३ वनगाँउमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बुधवार देखि सुरु भएको छ । लमही नगरपालिका ३ बनगाँउमा रहेकाे बाल जनता माबिकाे ब्यबस्थापन तथा लमही नगरपालिकाकाे आयाेजनामा खेलकुद प्रतियाेगिता सुरु भएको हाे । ५ दिन सम्म चल्ने प्रतियाेगितामा लमही नगरपालिका भरिका सरकारी तथा निजी विद्यालयका माबि र आधारभुत तहका […]

मेयरकप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता तुलसीपुरमा यहीँ चैत २७ गतेदेखि हुने

दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ । तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]