
Csbus
dsbus
Ddhbs
Bksbus5
Rbs
Pbu
Nssbus7
Jsbus
Amb
Gsl
Gsbus
Ssbus
Ratbs
gms

Ggd
Ksm
Hal
Sls
Bbu
Vor
Sbs
Bbbpu
Tsm
Rsb
Rgu
Asm
Pvg
Gst
Ssm
Wsp
nsb
Rgu
Rgs

Jmb
bbt
Rpp
sab
Pls
Mks
Abd
Syp
Ptm
Bml
Rmb
Jmb
Gsb
दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले अहिले भुमिहिन,सुकुम्बासी सहित बिभिन्न प्रकृतिका जग्गा धनि पुर्जा बेगर बसेका नागरिकहरुलाइ नेपाल सरकारले त्यहाबाट हटाउने निति अगाडी सारी डोजर आतंक सृजना गरेको हुनाले त्यसका विरुद्धमा जिल्ला प्रसासनमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रम भनिएको छ । सर्बोच्च अदालतले तत्कालको लागि डोजर चलाउने कुरा रोकेतापनि नागरिकमा त्रासको बाताबरण सृजना भैरहेको छ । यसले त्यो प्रकृतिको जग्गामा बसेका नागरिकहरुको रातको निन्द्रा र दिनको उज्यालो समेत गुमेको अवस्था छ । यो कुराले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको पनि गम्भीर ध्यानाकर्षण भएको छ । बर्खाको समय अगाडी आइरहेको छ । एकातर्फ प्राकृतिक बिपत्ति र अर्कातर्फ राज्यले नै बस्ति बाट धपाउने हो भने निम्न आय स्तर भएका नागरिकहरुको धेरै नै बिचल्ली हुने कुरा निश्चित छ । अनाधिकृत रुपमा सरकारी जग्गा अतिक्रमण भएको लाइ हटाउनु र बसोबास बिहिन नागरिकलाइ राज्यले बसोबासको ब्यबस्था गराउनु पर्दछ । आबासको ग्यारेन्टीको कुरा संबैधानिक हकको कुरा पनि हो ।
त्यस्तै,नागरिकले आफ्नो स्वामित्व प्राप्त नगरी बसेका जग्गाका प्रकृतिहरु पनि धेरै प्रकारका छ्न । कोहि ऐलानी जग्गामा बसेर पनि अनेत्र धेरै जग्गा भएका छ्न , कोहि पुर्ण रुपमा सुकुम्बासी छन , कोहि मुक्त कमैया छन , कोहि गुठि जग्गा छ्न , को सरकारी कार्यालयको स्वामित्वमा भएका छ्न , कोहि स्कुल क्याम्पसका जग्गा छ्न , कोहिले हिजो स्थानीय तह बाट निस्सा लिएर त्यहि जमिनमा जिबनभरीको कमाइ लगानी गरेका छ्न , कोहि श्रेस्ता जग्गा भन्दा ऐलानी सस्तो पर्छ भनेर सस्तो ऐलानी किनेर बसेका छन । त्यसैले सबैलाइ एउटै फ्रेममा राखेर हेरेर सहि न्याय हुन सक्दैन । त्यसको लागि अलग अलग मापदण्ड निर्माण गरी ब्यबस्थापन गर्नु पर्दछ र तत्काल ती नागरिकमा डोजर आतंक सृजना गरी धपाउने हैन , पहिला नितिगत ब्यबस्था गरी सबैको लगानी र जिबन सुरक्षित हुनेगरी ब्यबस्थापन गर्नु पर्दछ । अन्यथा पीडित नागरिकको हितको लागि राष्ट्रिय जनमोर्चा दाङ आन्दोलनमा आउने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी बिस्व प्रकाश अर्याललाइ ज्ञापनपत्र हस्तान्तरण गरिएको हो । ज्ञानपनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यी विषयहरु महत्त्वपूर्ण रहेको र केन्द्र सरकार पनि यी विषयहरुलाइ सम्बोधन गरी आउला भनि आसा गरेको कुरा बताएका थिए ।
