
Ddhbs
gms
Jsbus
Gsl
Csbus
Bksbus5
Rbs
Gsbus
Nssbus7
Pbu
Amb
Ssbus
dsbus
Ratbs
syysr
Syees
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको क्रममा कारागार प्रशासनले नै आफूलाई बाहिर निस्कन आग्रह गरेको प्रस्ट्याएका छन् । जेलबाट निस्किएको भन्दै आलोचना भइरहेका वेला उनले फेसबुक लाइभमार्फत प्रस्टीकरण दिँदै कारागार प्रशासनले पत्र दिएर जबर्जस्ती बाहिर निकालेको बताए । साथै उनले आफू सरकार बनाउने र त्यसमा सहभागी हुने दौडमा नरहेको भन्दै आफूलाई बदनाम गर्ने […]
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । […]
काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरुले सिंहदरबार,संसद भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।
हेटाैंडा । बागमती प्रदेशकाे राजधानी हेटाैंडामा जेन-जीहरुकाे प्रदर्शनले उग्ररुप लिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपरान्हदेखि आज राति १२ बजेसम्म कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् । प्रदर्शनकारीले बागमती प्रदेशका मन्त्रालय, बागमती प्रदेशसभा सचिवालय भवन,जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरुकाे घरमा आगो लगाएका छन् । निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक देखिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर […]
काठमाडौं । जेन-जी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको […]
दाङ । जेन-जी प्रदर्शनको क्रममा दाङको घोराहीमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । जेन-जी युवाहरुले पार्टी कार्यालय परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन् । त्यस्तै काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको दाङस्थित घरमा पुगेर प्रदर्शनकारीहरुले काङ्ग्रेसको झण्डा च्यातेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए। त्यस्तै लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को […]
काठमाडौं । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक रहेकोे छ । गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । […]