नेकपा माओवादीका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी टिकटबाट बन्चित

रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् । सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि […]

दाङमा प्रमुख दलका नेताहरु कस्ले कहाँबाट उम्मेदवारीगरे दर्ता

दाङ । एमाले महासचिव ,पुर्ब मन्त्री शंकर पोखरेले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ २ (क) मा एमालेका नेता निर्माण ब्यबसायिका प्रदेश अध्यक्ष समेत रहेका बलिभद्र राना, र २ (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी […]

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका नेता दीपेन्द्र पुनको स्वतन्त्र उम्मेदवारी दर्ता

रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका उनले […]

दाङ क्षेत्र नम्बर १ मा गठबन्धन दलका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

दाङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।यस्तै प्रदेश सभा तर्फ […]

प्रत्येक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयनपत्र दर्ताको काम हुँदै छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् । त्यस्तै आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि […]

नेकपा एमालेका नेता गंगा चौधरीद्वारा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । चौधरीले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेका हुन् । निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी […]

समानुपातिकको सूचीबाट माओवादीले महराको नाम हटायो

दाङ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए । […]

एमालेका नेता चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

विराटनगर । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । […]

काठमाडौं महानगरपालिकाद्वारा राप्रपाको कार्यालय भवन हटाउन निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]