
Rgp
cjs
Pes
Unsku
Sgr
Ggp
Gfs
Srbpu
Pbu
Rgp1
pku
sbs
Lnp
Djs

Vor
Wsp
nsb
Bbu
Rgu
Ksm
Asm
Rgu
Gst
Rgs
Ssm
Ggd
Bbbpu
Tsm
Sls
Sbs
Rsb
Pvg
Hal

sab
bbt
Abd
Gsb
Rmb
Ptm
Pls
Mks
Jmb
Jmb
Syp
Rpp
Bml
काठमाडौं । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक रहेकोे छ ।
गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । साउन महिनामा मात्र १४ अर्ब दुई करोड रुपैयाँ ऋण बढेको हो । सो अवधिमा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब १२ करोड पुगेको छ । बाह्य ऋण १४ खर्ब दुई अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ऋणको हिस्सा ४३.९४ प्रतिशतबराबर पुगेको हो ।
त्यस्तै साउनमा सरकारले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । जसमा ४० अर्ब आन्तरिक ऋण र चार अर्ब ५७ करोड ४८ लाख बाह्य ऋण रहेको छ । सरकारले चालू आवमा कुल पाँच खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, ऋण सेवामा कुल चार खर्ब ११ अर्ब खर्च हुने अनुमान गरिएको छ । साँवा–ब्याज साढे ३६ अर्ब भुक्तानी सरकारले साउन महिनामा ऋण सेवामा साढे ३६ अर्ब रुपैयाँ खर्चिएको छ । यस अवधिमा सरकारले ऋण सेवाअन्तर्गत साँवा भुक्तानीमा ३० अर्ब ५५ करोड ११ लाख र ब्याज भुक्तानीमा ६ अर्ब १३ करोड ३१ लाख खर्चिएको हो ।
यस्तै सरकारले आन्तरिकतर्फ २७ अर्ब १० करोड साँवा र पाँच अर्ब १३ करोड ब्याज गरी कुल ३२ अर्ब २३ करोड ७३ लाख रुपैयाँ खर्चिएको छ । त्यस्तै, बाह्यतर्फ तीन अर्ब ४५ करोड ११ लाख साँवा र ९९ करोड ५८ लाख ब्याज गरी कुल चार अर्ब ४४ करोड ६९ रुपैयाँ खर्चिएको हो । सरकारले साउनमा ऋण सेवामा गरेको कुल खर्च जिडिपीको तुलनामा ०.६ प्रतिशतबराबर हो ।
