
Rbs
Ratbs
syysr
Amb
Nssbus7
Gsl
Syees
dsbus
Csbus
gms
Ssbus
Ddhbs
Bksbus5
Jsbus
Pbu
Gsbus

Tsm
Ssm
Rgs
Pvg
Sbs
Vor
Rgu
nsb
Wsp
Rgu
Asm
Ksm
Bbu
Sls
Ggd
Rsb
Bbbpu
Hal
Gst

Jmb
Mks
bbt
Pls
Syp
Abd
Jmb
Rpp
Gsb
sab
Rmb
Ptm
Bml
कालिकोट । कालिकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो ।
त्यस्तै,अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
जिल्लाका नौवटै स्थानीय तहहरूलाई कानुन निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटकपटक ताकेता गरे पनि त्यसको उल्लङ्घन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताए ।
“ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन तथा सङ्कलन कार्य गर्न पूर्ण रूपमा बन्द गरिएको छ”, उनले भने, “यो निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा सङ्कलन कार्य/क्रियाकलाप गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।”
यस्तै,हिउँदभर स्थानीय तहहरूले आवश्यक कानुन नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ ।रासस
